गण्डकीको हिउँदे अधिवेशन आजदेखि

सोमबारदेखि गण्डकी प्रदेशको हिउँदे अधिवेशन सुरु हुँदै छ । अधिवेशनको कार्यसूचि तयार पार्न आइतबार बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले राजीव गुरुङ (दीपक मनांगे)लाई सपथ नगराउने निर्णय गरेको छ । गण्डकीका सभामुख नेत्रनाथ अधिकारीले राजीवलाई सपथ नराउने निर्णय भएको बताए ।


मनाङेले मंसिर १२ गते बिहीबार गण्डकी प्रदेश सभामा सपथ ग्रहण गराउन माग गर्दै निवेदन दिएका छन् । सभामुखले कानुनअनुसार राजीवलाई सपथ गराउन नमिल्ने निछोड निकालेपछि राजीवको प्रदेशसभा पस्ने बाटो बन्द भएको छ ।


प्रतिनिधि सांसद रेशम चौथरीको सपथलाई नजिर मान्दै सभामुख अधिकारीले पनि राजीवलाई सपथ गराउने अनुमान धेरैको थियो । मनाङ ‘ख’ बाट स्वतन्त्र उम्मेदवारी दिएर राजीव अब सपथ माग गर्दै सर्वाेच्च जान सक्छन् ।