विष्णु माझीले भेटिन् बाआमा

- माक्स लगाएर आएका विष्णु, सुन्दरमणि पत्रकारसँग छलिए

सालको पात टपरी हुनी नहुनी सल्लैको गीत सर्वाधिक चर्चामा छ । त्यही चर्चित गीतकी गायिका विष्णु माझी भने गुमनाम छिन् । विवाह भएको ११ वर्षसम्म बाआमासँग भेट नभएको र श्रीमान् सुन्दरमणिले बन्धकझैं राखेको तथ्य सार्वजनिक भएपछि उनको अवस्थाबारे सबैतिर चासो छ ।

कलाकार सुन्दरमणि अधिकारीसँग विवाहपश्चात उनी गीत गाउन जाँदा पनि अनुहार छोपेर जाने र पर्दा लगाएर गाउने गरेको बताइन्छ । स्याङ्जा प्रशासनको पहलमा गुमनाम भएकी लोक तथा दोहोरी गायिका विष्णु माझीले आइतबार आफ्ना बाआमालाई भेटेकी छन् । चापाकोट नगरपालिका ८ खोरियाघाट जन्मघर भएकी माझीले श्रीमान् सुन्दमणिसँगै आएर बाबु ताराबहादुर माझी, आमा धर्मकुमारीलाई जिल्ला प्रशासन कार्यालय स्याङ्जामा भेटेकी हुन् ।

चापाकोट नगरपालिका ८ खोरियाघाट जन्मघर भएकी माझीले श्रीमान् सुन्दमणिसँगै आएर बाबु ताराबहादुर माझी, आमा धर्मकुमारीलाई जिल्ला प्रशासन कार्यालय स्याङ्जामा भेटेकी हुन् ।

सम्पर्कमा नआए कारवाहीको दायरामा ल्याइने बताएपछि सुन्दरमणि विष्णुलाई लिएर आएको स्याङ्जाका प्रहरी प्रमुख राजकुमार लम्सालले बताए । काठमाडौबाट भाडाको कारमा जिल्ला प्रशासन कार्यालमासम्म माक्स लगाएर गोप्य ढंगले उनीहरु आएका थिए । प्रशासनमा सुन्दरमणिले विष्णु सोझी भएकाले सँगै हिड्ने गरेको जिकिर गरेका थिए भने विष्णुले आफू गुमनाम नभएको बताइन् ।


काठमाडौंबाटे भाडाको कारमा आएका सुन्दरमणि दम्पती पत्रकारले प्रश्न सोध्न खोज्दा आफूहरु आएको गाडीसमेत छोडेर स्याङ्जा पोखरा चल्ने अर्काे गाडीमा पत्रकारलाई छक्याएर भागे ।