यी हुन् सबैभन्दा हेन्डसम नायक

सन् २०१८ मा विश्वकै ह्याडसम नायकको लिस्टमा ऋतिक रोसन पर्न सफल भएका छन् । उनले हलिउडका चर्चित नायकहरुलाई समेत पछि पार्दे नम्बर वान पोजिसनमा पर्न सफल भएका हुन् ।

टाइम्सको एक खबरका अनुसार, हालैमा साल २०१८ को सबैभन्दा ह्यान्डसम हिरोको लिस्ट रिलिज गरिएको छ । यो लिस्टमा ऋतिकले हलिउडका ब्राड पिट र टम क्रूजलाई समेत पछाडी पार्दे उनी ह्यान्डसम र गुड लुकिङ नायकको लिस्टमा पहिलो नम्बर बनेका हुन् । यस पटक बलिउडका सलमान खान भने यो सूचिमा सातौँ नम्बरमा रहेका छन् ।

यसअघि सन् २००४ मा सलमानलाई यूएसएको पीपुल म्यागजीनले विश्वकै ह्यान्डसम नायककोरुपमा घोषणा गरेको थियो । सन् २०१८ मा ऋतिकसंगै ब्राड पिट, गाडफ्रे जीए ओ, रोबर्ट प्याटिनसन, डेनजेल वासिङटन, उमर बोरकान टू द गाला, सलमान खान, नूह मिल्स, टम क्रूज र प्रिन्स विलियम रहेका छन् । स्मरण रहोस यसअघि पनि ऋतिक २०११ र २०१२ मा एशियाको ५० सबैभन्दा सेक्सी पुरुषको लिस्टमा टप पोजिसनमा रहेका थिए । सन् २००० मा कहो ना प्यार है फिल्मबाट डेब्यु गरेका ऋतिक बलिउडमा पनि चर्चित नायकमा पर्छन् ।

पछिल्लो समय भने उनी फिल्म भन्दा बढि आफनो डिभोर्स भईसकेको बैवाहिक सम्बन्ध र प्रेम सम्बन्धको कारण चर्चामा आउँने गरेका छन् । उनको अब रिलिज हुने तयारीमा रहेको फिल्म सुपर ३० हो भने टाइगर श्रृफसंगको फिल्म पनि धमाधम सुटिङ भईरहेको छ भने उनी छिट्टै कृष ४ को काममा पनि लाग्नेछन् ।