फेरि बिरामी जाँच्ने पूर्व राष्ट्रपतिको तयारी

पूर्व राष्ट्रपति डा. रामवरण यादवले चिकित्सा सेवामै फर्किने जनाउ दिएका छन् । 

बीपी स्मृति सामुदायिक सहकारी अस्पतालको ११ औं वार्षिक साधारणसभालाई शनिबार सम्बोधन गर्दै पूर्व राष्ट्रपति डा. यादवले चिकित्सकीय सेवामा फर्कने संकेत दिएका हुन् । 

उनले सरकारी अस्पतालमा दैनिक एक घण्टा सेवा गर्ने गरी काम गर्ने सोच बनाइरहेको बताएका छन् । पूर्व राष्ट्रपति यादव राजनीतिमा आउनु भन्दा अघि कांग्रेस नेता बीपी कोइरालाको निजी चिकित्सक पनि थिए । कोइरालाकै संगतमा उनी राजनीतिमा आएका हुन् ।