डा. जगमान सम्मानित

यस पटकको लक्ष्मी सिग्देल स्मृति पुरस्कारबाट नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङलाई पुरस्कृत गरिएको छ ।


पोखरामा शुक्रबार आयोजित कार्यक्रमबीच गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवर, पृथ्वीधर सिग्देल समाजका अध्यक्ष कृष्णप्रसाद सिग्देल र पुरस्कार संस्थापक शरदकान्त सिग्देलले उनलाई सो पुरस्कारबाट सम्मान गरेका हुन् ।


पुरस्कारको राशि नगद ३० हजार पाँच सय ५५ सहित सम्मानपत्र र दोसल्ला छ । नेपाली भाषा, इतिहास, संस्कृति, पुरातत्व, ज्योतिष विज्ञानको उच्च अध्ययन र अध्यापनद्वारा पु¥याएको योगदानको कदर गर्दै उपकुलपति गुरुङलाई सो पुरस्कार प्रदान गरिएको हो ।
पृथ्वीधर सिग्देल समाजले सञ्चालन गर्दै आएको सो पुरस्कार स्व. लक्ष्मी सिग्देलका परिवारले स्थापना गरेका हुन् ।


पुरस्कारका लागि छोरा शरदकान्त सिग्देल र छोरी शारदा पराजुली सिग्देलले २ लाख रुपैयाको अक्षयकोष स्थापना गरेका थिए । पुरस्कार संस्थापक शरदकान्त सिग्देलले अक्षयकोष रकम बढाएर ३ लाख पु¥याउने घोषणा गरेका छन् ।


कार्यक्रममा गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले थोरै व्यक्तिको जन्म कुल, खान्दान, देश र महादेशको इज्जतका लागि हुने बताए । उनले विद्वान बन्नु ठूलो कुरा नभएको भन्दै विद्वताबाट ज्ञानशील र कर्मशील बन्नु ठूलो कुरा भएको उल्लेख गरे ।


पुरस्कृत व्यक्तित्व नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले आफू गैर ाजनैतिक व्यक्ति भएकाले राजनैतिक व् रुपमा नहेर्न आग्रह गरे । कार्यक्रममा शिक्षाविद् जर्ज जोन, व्यत्तित्व छनोट समितिका संयोजक प्रा. तारा बराल र नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले बोलेका थिए ।

पृथ्वीधर सिग्देल समाजका अध्यक्ष कृष्णप्रसाद सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा परिवारको तर्फबाट विश्व सिग्देल, शारदा पराजुली सिग्देल र सदस्य नवीन सिग्देलले पनि बोलेका थिए ।