पार्टी एकता गोठाला मिलेजस्तो होइन

तनहुँ उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले पार्टीको तल्लो तहसम्म एकता गर्न केही ढिलाइ भएको बताएका छन् । शुक्लागण्डकी नगरपालिकामा शुक्रबार भएको कार्यकर्ता भेलामा उनले गाईगोरु चराउन गएका गोठाला मिले जस्तो २ भिन्न पार्टीलाई एक बनाउन त्यति सहज नभएको उनले बताए ।

‘हामी सकेसम्म पुस महिनाभित्रै तल्लो तहसम्मको एकता गर्ने प्रयास गरिरहेका छौं,’ उनले भने, ‘ढिलोमा पनि माघ दोस्रो सातासम्म पार्टी एक हुन्छ ।’ उनले राष्ट्रिय आवश्यकताका कारण २ पार्टी एक भएको जिकिर गरे । ‘साविकका एमाले र माओवादीका साथीहरुले विगतलाई बिर्सिदिनुहोस । कमजोर विचारले बलियो कम्न्युस्ट पार्टी बन्दैन,’ उनले थपे ।


नेकपाका स्थायी कमिटीसमेत रहेका पोखरलले संविधान, कानुन, नियन्त्रण, सन्तुलन , प्रगतिशील परिवर्तन र प्रतिस्पर्धाको राजनीतिबाट निर्दिष्ट हुन पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरे ।