पार्दीका विद्यार्थीलाई प्रगतिको न्यानो

पार्दी मावीका विद्यार्थीलाइ प्रगति दिदिबहिनी समुहले न्यानो कपडा वितरण गरिएको छ । लक्षित बर्गका ३० जना विद्यार्थीलाइ शुक्रबार सुइटर र टाेपी वितरण गरिएको हाे । वडा नं १७ का वडाअध्यक्ष तिर्थराज अधिकारीले दिदीबहिनीले अाफै अाफै पैसा उठाएर प्रशंसनीय कार्य गरेकाे भन्दै सबैले यस्ताे साेच बनाएर सहयोग गर्ने भने काेही पनि समस्यामा नपर्ने वताए ।

अधिकारीले बाकी ३० जना लक्षित वर्गलाई वडा तथा रेडक्रस मार्फत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । त्यस्तै अभियन्ता तथा पत्रकार सुष्मा पाैडेलले विद्यार्थीलाइ न्यानाे कपडा पैचाे दिएकाे भन्दै ठुलाे भएपछि अाफुभन्दा नसक्नेलाइ सहयाेग गर्न अाग्रह गरिन् ।

व्यवस्थापन समितिका अध्यक्ष ताेयानाथ लम्सालले पार्दी स्कुल बजारमम भएर पनि अरुकाे ध्यान नपुगेको भन्दै विद्यालयलाइ राेजेर सहयाेग गरेकाेमा अाभार व्यक्त गरे ।

अध्यक्ष विष्णु केसीबाे अध्यक्ष्ातामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष सरस्वती जिसीले व्यक्त गरेकी थिइन् भने सञ्चालन संरक्षक शुसिला वाग्लेले गरेकी थिइन् ।