धनगढीमा महोत्सवको तयारी पुरा

‘समृद्ध सुदूरपश्चिम प्रदेशको आधार, कृषि पर्यटन, उद्योग र ब्यापार’ भन्ने मुल नाराका साथ शुक्रबार देखी धनगढीमा सुन्दर सुदूरपश्चिम महोत्सव हुने भएको छ ।

आयोजक धनगढीको बिश्वज्योती युवा क्लव र शक्ति युवा क्लवको बिहिबार पत्रकार सम्मेलनको आयोजना गर्दै महोत्सवको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको छ । 


धनगढी उपमहानगरपालिका २ पुरानो भन्सारमा शुक्रबार देखी सुरु हुने महोत्सव माघ २ गते सम्म चल्ने छ । महोत्सवमा ३ सय स्टल रहने छन् । बालउद्यान, कृषि प्रर्दशनी, रमाइलो मेला, संगै प्रत्येक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रदर्शन रहने महोत्सव मुल आयोजक समितिका संयोजक श्याम बिष्टले जानकारी दिए । 


महोत्सवमा ३ करोड बढिको कारोवार हुने र १ लाख बढि दर्शकले अवलोक गर्ने उनको दाबि छ । महोत्सवमा सर्वसाधरणलाई ५० रुपैया र बिद्यार्थीलाई ४० रुपैयाको टिकट रहने आयोजकले जनाएको छ ।

शुक्रबार एक कार्यक्रमका बिच सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले महोत्सव उद्घाटन गर्ने आयोजक समितिका सह–संयोजक सुरज गिरिले बताए ।