डिल्लीबजार कारागारमा रहेका रेशम चौधरीको आज ११ बजे हुने भनिएको सपथ ग्रहण कार्यक्रम सरेको छ ।
बिहीबार बिहान ११ बजे सांसदको सपथ खुवाउने तयारी गरिएको भए पनि चौधरी नआइपुग्दा सपथको समय सार्नु परेको संसद सचिवालयले जानकारी दिएको छ ।
कैलालीको टीकापुरमा आठ जनाको ज्यान जाने गरी भएको घटनाको मुख्य योजनाकार मानिएका चौधरीलाई डिल्लीबजार कारागारबाट संसद भवन लैजान ढिलाई भएकाले दिउँसोसम्मका लागि सपथ ग्रहणको समय सारिएको सचिवालयले जनाएको छ ।
चौधरीलाई सभामुख कृष्णबहादुर महराले आफ्नै कार्यकक्षमा पद तथा गोपनीयताको सपथ गराउने तयारी गरेका छन् । संसद बैठकको समय भएकाले चौधरीलाई सपथ गराउने कार्यक्रम ३ बजेपछि मात्रै हुने सचिवालयले जनाएको छ । कैलालीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरीले निर्वाचित भएको एक वर्षपछि सपथ लिन लागेका हुन् ।




