छोरेपाटन मावि ४१ वर्षमा

छोरेपाटन माविको ४० औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाइएको छ । कार्यक्रममा पोखरा महानगरका मेयर मानबहादुर जिसीले कुनै पनि बालबालिका विद्यालयबाट बञ्चित हुनु नहुने बताए । जिसीलेसामुदायिक विद्यालयको आन्तरिक स्रोतको समूचित वितरणमा ध्यान दिँदै एउटै वडाका विद्यालयबीचको शैक्षिक गुणस्तर फरक हुनमा आन्तरिक स्रोतको महत्वपूर्ण भूमिका रहने बताए ।


‘उत्तरदायित्व र जवाफदेहिता सहितको पूर्ण तार्किक शिक्षा’ नाराका साथ भएको अभिभावक दिवसमा प्रधानाध्यापक लक्ष्मण थापाले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै २०२१ सालमा तासिलिङको नाममा तिब्बेतियन शरणार्थीका छोराछोरीलाई पढाउन स्थापना भएको विद्यालय २०३० सालमा नेपाल सरकारको जिम्मामा आएको, २०३७ सालमा माध्यमिक र २०५५ सालदेखि कक्षा ११ र १२ को पढाई सुरु भएको र हाल कास्की जिल्लाको उत्कृष्ट र ठूला मध्येको विद्यालयमा पर्ने बताए ।


नर्सरीदेखि १२ कक्षासम्म २ हजार २ सय २५ विद्यार्थी अध्ययनरत रहेको विद्यालयमा सरकारी अनुदानमा ३० जना, स्थानीय स्रोतबाट ५७ जना शिक्षक तथा कर्मचारी, दैनिक तथा मासिक पारिश्रमिकमा १५ जना शिक्षक तथा कर्मचारी छन् ।सभामा लेखापाल छविलाल पनेरुले लेखा प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०७४÷७५ मा भएको आम्दानी तथा आर्थिक वर्ष २०७५÷७६ को अनुमानित बजेट प्रस्तुत गरे ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष टीकाराम पौडेल र शिक्षक अभिभावक संघका अध्यक्ष ज्ञाज शर्मालाई सम्मान पत्र, दोसल्लाले सम्मान गरिएको थियो ।त्यस्तै२५ वर्ष शिक्षण गर्ने कुलकुमारी बराल, अमृता शाही, सीता बराल, थामकुमारी गुरुङ र दिव्यश्वरी रेग्मीलाई दीर्घ सेवा सम्मान प्रदान गरिएको थियो ।


वर्षिकोत्सवमा उत्कृष्ठ शिक्षकतर्फ डिल्लीराम बराल, प्रेमराज गौतम, मेघनाथ पौडेल, खेमराज बराल, टीका पौडेल, उषा पौडेल, प्रभा सापकोटा तथा कर्मचारी तर्फ खगिश्वरी सुवेदी, बलबहादुर जिसी र अप्सरा रेग्मीलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा गण्डकी प्रदेश सांसद कृष्ण थापा, गण्डकी प्रदेश शिक्षा विकास निर्देशनालयका निर्देशक बाबुराम ढुंगाना, पोखरा महानगरपालिकाका शिक्षा विभाग प्रमुख हेम आचार्य, पोखरा १७ का वडाध्यक्ष तीर्थराज अधिकारी, गुप्तेश्वर महादेव क्याम्पसका अध्यक्ष प्राडा भूपति ढकाल ‘कमल’, पार्दी माविका अध्यक्ष तोयनाथ लम्साल, नेकपाका नेता सुवास ढुंगाना, नेपाली कांग्रेसका युवा नेता देवराज आचार्य, नयाँ शक्तिका दीपक भण्डारी, सम्मानित व्यक्तित्व टीकाराम पौडेल, अभिभावक माधव पौडेल, विद्यार्थी बलराम न्यौपाने र सूचना रिजाललगायतले बोलेका थिए ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष झपिन्द्रराज रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममासहायक प्रअ डिल्लीराम शर्माले स्वागत, शिक्षकद्वय मेघनाथ पौडेल र दिव्यश्वरी रेग्मीले कार्यक्रम सञ्चालन गरेका थिए । सभामा उत्कृष्ठ विद्यार्थीलाई पुरस्कार वितरण गरिनुका साथै विद्यार्थीले मार्चपास, विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।