बखत र प्रतिभाले गरे धुमधामसँग बिहे

केही समय यता सामाजिक सञ्जालहरूमा भाइरल बनेका जोडी हुन् बखत बिष्ट र प्रतिभा चौधरी । भाइरल यी जोडीहरूलाई भने मिडियाले अहिले पनि पच्छ्याउन छोडेका छैनन्, कारण हामी सबैलाई थाहा छ कि उनीहरू अरू जोडी भन्दा धेरै फरक छन्।

आजभोलिका युवा युवतीहरू आफू सरहको जोडी खोज्ने भएता पनि यिनीहरूले भने माया प्रेमको लागि सबै त्याग गरेर काठमाडौँ आएका हुन् । यी दुईको जोडी भने अरू सामान्य जोडी भन्दा बिलकुल अलग छन् त्यही कारण पनि यिनीहरू सामाजिक संजालमा एकाएक भाइरल भए ।

अहिले यी भाइरल जोडीले धूमधामसँग विवाह गरेको भिडियो सार्वजनिक भएको छ । दर्शकहरू भने यी भाइरल जोडीको साँच्चै बिहे भएको भन्ने सोचमा छन् तर यो उनीहरूको वास्तविक विवाह भने चैँ होइन । उनीहरूले एक गीतको शुटिंगका क्रममा यसरी विवाह गरेका हुन् ।