शृंखला वाणिज्य बैंकको ब्राण्ड एम्बास्डर

राष्ट्रिय वाणिज्य बैंकले मिस नेपाल शृंखला खतिवडालाई ब्राण्ड एम्बास्डर नियुक्त गरेको छ।

बैंकका नायव महाप्रवन्धक एवं सूचना अधिकारी टेकराज जोशीका अनुसार मिस नेपाल २०१८ शृंखलालाई ब्राण्ड एम्बास्डर नियुक्तीको औपचारिक घोषणा बुधवार पत्रकार सम्मेलनमार्फत गरिनेछ। बैंकले बुधबार दिउँसो २:३० बजे पत्रकार सम्मेलन राखेको छ।

मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गरेकी शृंखला टप १२ मा पुगेकी थिइन।