युट्युबमा आयो निखिलको किङ

चलचित्र ‘किङ्ग’ युट्युबमा रिलिज भएको छ । अङ्ग्रेजी नयाँ वर्षको अवसर पार्दै चलचित्र युट्युबमा सार्वजनिक गरिएको हो ।

निखिल उप्रेतीको मुख्य भूमिका रहेको एक्सन लभ स्टोरी चलचित्र ‘किङ्ग’ दुई वर्ष अघि प्रदर्शनीमा आएको थियो ।

‘किङ्ग’ लाई सविर श्रेष्ठले निर्देशन गरेका हुन् । चलचित्रमा निखिल र बेनिशा हमालको मुख्य भूमिका छ । यि दुईसंगै अनुप बिक्रम शाही, प्रज्वल सुजल गिरि, रुपा राना, जगन श्रेष्ठ लगायत कलाकारहरुले पनि अभिनय गरेका छन् । चलचित्रलाई जयन श्रेष्ठले निर्माण गरेका हुन् ।