आर्चरी संघका संस्थापक अजितको निधन

कास्की जिल्ला आर्चरी संघका संस्थापक उपाध्यक्ष अजित शेरचनको ७५ वर्षको उमेरमा निधन भएको छ । उनको काठमाडौंको मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।लामो समयदेखि सुगरबाट पीडित शेरचन हर्टएट्याक भएपछि उपचारको लागि काठमाडौंस्थित मेडिसिटी अस्पतालमा उपचार गरिएको थियो । उपचारकै क्रममा उनको निधन भएको हो । कास्की जिल्ला आर्चरी संघले आफनो अभिभावक गुमाएको छ ।

स्व. शेरचनले परम्परागत र आधुनिक धनुष(बो) समेत केही समेत खेलेका थिए । आर्चरी खेल्न भन्दा पनि शेरचनको ध्यान आर्चरी खेलको विकास र विस्तारको लागि निरन्तर लागिरहने व्यक्तित्व रहेको कास्की जिल्ला आर्चरी संघका संस्थापक अध्यक्षा हरिध्वज तुलाचनले बताए । २०६५ सालसम्म उनले परम्परागत धनुष(आर्चरी) खेल्दै आधुनिक धनुष समेत प्रयोगमा आएपछि केही समय खेले । तर उनले खेल्नमा भन्दा बढी ध्यान संस्थागत सुदृढीकरणमा केन्द्रीत गरेको अध्यक्ष तुलाचन बताउँछन् ।

कास्कीको आर्चरी खेलको विकासमा महत्वपूर्ण योगदान रहेको कास्की जिल्ला आर्चरी संघका अध्यक्ष योगेन्द्र शेरचनले सुनाए । उनले कास्की जिल्ला आर्चरी संघले अभिभावक गुमाएको बताए । उनैको अतुलनिय योगदानमा कास्की जिल्लाको आर्चरीको गतिविधि यो अवस्थासम्म आईपुगेको थियो । स्व. शेरचन थकाली सेवा समितिका पुर्व अध्यक्ष, अन्नपुर्ण आर्चरी क्लबका आजिवन सदस्य समेत थिए । स्व. शेचरनका दुई छोरा एक छोरी छन् ।

शब पोखरा ल्याईसकिएको छ । शेरचनको अन्त्येष्टी बुधबार गरिने आफन्तले जनाएका छन् ।

source : kheladinews.com