सभामुख भलिबलको लागि गण्डकी प्रदेशस्तरीय टिम छनोट

पुस १९ गतेदेखि सुनसरीको इटहरीमा आयोजना हुने दोस्रो सभामुख कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको लागि गण्डकी प्रदेशबाट खेलाडी छनोट गरी नामावली सुनसरी जिल्ला खेलकुद विकास समितिलाई पठाइएको छ ।

हरि पाण्डे(स्याङजा)को कप्तानीमा १२ सदस्यीय टोली छनोट गरिएको हो । टोलीमा सुजन चोखाल म्याग्दी, राजन दर्लामी मगर स्याङजा, योगेन्द्र गुरुङ स्याङजा, घनश्याम चौधरी नवलपुर, अनिल दर्लामी पर्वत, राजु विक बाग्लुङ, रामनारायण महतो नवलपुर, किरण गोरौ नवलपुर, सन्दीप मानन्धर स्याङजा, शरण राना स्याङजा र सुनिल तुलाचन मुस्ताङ रहेका छन् । टिम प्रशिक्षकमा रमेश केसी, टिम सहायक प्रशिक्षकमा केशभक्त गुरुङ र टिम मेनेजरमा राजन थापा रहेका छन् ।

छनोटमा कास्की, गोरखा, लमजुङ र तनहुँ जिल्लाका खेलाडीहरु परेनन् । चार जिल्ला खेलाडी छनोटको लागि सहभागिता जनाउन पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रमा उपस्थिति जनाएनन् । खेलाडी सहभागिता नभएकै कारण ती जिल्ला खेलाडी प्रदेशस्तरीय टिममा पर्न नसकेको हुन् ।

दोस्रो सभामुख कप भलिबल विजेताले चार लाख, उपविजेताले २ लाख रुपैयाँ प्राप्त गर्ने छन् । तेस्रो स्थानमा रहने टोलीको हकमा भने एक लाख रुपैयाँ पुरस्कार स्वरुप प्राप्त गर्ने छन् ।

source : पोखरा(खेलाडी न्युज