झापामा एक नवजात शिशुको गलामा सालनाल र सुपारीको पातको पासो लगाएको अवस्थामा शव फेला परेको छ ।
झापाको बुद्धशान्ती गाउँपालिका ४ अम्बरबस्तिमा एक बालिकाको यस्तो स्वरुपमा गाँडिएको अवस्थामा फेला परेको छ ।
जहाँ एक नवजात शिशुको गलामा सालनाल र सुपारीको पातको पासो लगाएको अवस्थामा शव फेला परेको छ ।
घाँस काट्न जाँदा बच्चा पुरिएको अवस्थामा भेटिएको थियो । सालनाल पनि सँगै रहेकाले कुनै महिलाले जन्माए लगत्तै मारेर फालेको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी महेन्द्र कुमार श्रेष्ठका अनुसार बच्चा कसको र किन हत्या गरेको भन्नेबारेमा अनुसन्धान भईरहेको छ ।
कुनै महिलाले अवैध सम्बन्धपछि जन्मिएको कारण मारेर फालेको हुने सक्ने प्रहरीले बताएको छ ।