निर्मलाको हत्यारा भन्दै मेरो पनि डिएनए टेष्ट गर्न बेर छैन : डा.केसी

पुष १५ -बर्तमान सरकारको कामप्रति चर्काे आलोचना गर्दे आईरहेका राजनीतिक विश्लेषक प्रा.डा.सुरेन्द्र केसीले देश गम्भिर मोडतर्फ गैरहेको टिप्पणी गरेका छन् । रिपोर्टर्स क्लब नेपालमा स्वतन्त्र नागरिक समाजले पृथ्वीनारायण शाहको २९७ औं जन्मजयन्तीका अवसरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै डा.केसीले यस्तो बताएका हुन् ।

स्वतन्त्र नागरिक समाजका संयोजक हेम विक्रम सिलवालको अध्यक्षतामा आयोजित कार्यक्रममा बोल्दै केसीले भने,‘अहिले भैरहेका गतिविधिहरु राष्ट्र हितमा छैनन्, पृथ्वीनारायण शाहको बारेमा नक्कली ईतिहास लेखेर उनलाई बद्नाम गरिँदैछ, राष्ट्र निर्माता पृथ्वीनारायण शाहको तस्विरमा पिसाव फेर्ने काम भैरहेका छन्, अहिले राष्ट्र ईतिहासकै कमजोर स्थितिमा छ, मैले धेरै भनें, बोलें र आग्रह गरें, कतिले मलाई पद नपाएर छ्टपटाएको भनेर आरोपसमेत लगाए, अब करिब हारेको स्थितिमा छु, ठूलो षड्यन्त्रकाबीचमा राजदरवार घट्ना भयो, त्यसको जिम्मा सेनाले लिन सकेन, देश निर्माण गर्ने मानिसका बारेमा यति धेरै भ्रम छन्, नक्कली ईतिहाँस लेखेर सन्ततीहरुलाई झुठो प्रचार गरिँदैछ, किर्तीपुरमा ईतिहास पढ्ने विद्यार्थी छैनन्, अनि भावि दिनहरुमा कसरी हाम्रो ईतिहास बाँच्छ रु’ उनले नेपालमा नक्कली क्रिश्चियनहरुले डलरको खेती गरेको समेत बताए ।

बतर्मन सरकारको आलोचना गर्दे उनले निर्मला पन्तका हत्यारालाई रन्तपार्कमा खोजिरहेको पनि आरोप लगाए । उनले भने,‘सरकार उल्टो बाटो हिँडिरहेको छ, हामी उल्टो बाटोमा गन्तव्य निर्धारण गरेका छांैं, निर्मला पन्तका हत्याराका बारेमा पनि यस्तै भएको हो, प्रहरीका उच्च अधिकारीहरुले निर्मलाका दोषीहरुको प्रमाण नष्ट गर्छन्, सरकार निर्मलाका हत्यारा रत्नपार्कमा खोजिरहेको छ, नक्कली मानिसलाई अभियुक्त करार गरेर दुनियाँ हसाउँने काम गरिहरहेको छ, कुन दिन मलाई पनि बोलेकै भरमा निर्मलाको हत्यारा तँ होस् कि भनेर डिएनए टेष्ट गर्न बेर छैन्, हाम्रो सरकारले होली वाईन खाएर खुब ताण्डव देखाईरहेको छ ।’

त्यस्तै कार्यक्रममा वरिष्ठ पत्रकार प्रेम कैदीले नक्कली क्रिश्चियनहरु ‘होली–वाईन खाएर लरबराईरहेको दाबी गरे ।”विगत २० वर्षदेखि नेपाल कम्युनिष्टहरु नक्कली कम्युनिष्टहरुको फोहोर मिसाईएको होली खाएर देश डुबाउने काम गरेका छन्, पूर्व प्रधानमन्त्रीजस्तो व्यक्ति माधव नेपाल यसका जिउँदो उदाहरण हुन, संसारका कम्युनिष्टहरुको शक्तिशाली बिरोधीका रुपमा रहेको विवादित युनिभर्सल पिस फेडेरेसन संस्थाको कमाण्डर बनेका छन्, सरकार राष्ट्र निर्माताको बारेमा विदा कटौती गर्छ, तर यस्ता होली वाईन खाने ठाउँमा गएर उतै सुत्छ, भनिसक्नु छर ?’ उनले भने ।