नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले निर्मला हत्या प्रकरणको अनुसन्धानमा कसैको दबाब र प्रभाव नभएको बताएका छन् ।
सुदूरपश्चिम प्रदेश प्रहरीको अनुगमनका क्रममा कञ्चनपुर पुगेका आईजीपी खनालले भने, ‘‘अनुसन्धान पूर्ण व्यावसायिक रुपमा भइरहेको बताए । कसैको दबाब र प्रभाव परेको छैन ।’’
निर्मला हत्याको अनुसन्धानमा प्रहरी सक्रिय भएको बताए । खनालले महिला हिंसा र बाल हिंसाविरुद्ध समुदायसँगै मिलेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।
महिला अधिकारकर्मीहरुसँग जिल्ला प्रहरी कार्यालयमै भएको छलफलमा आईजीपी खनालले भने, ‘‘निर्दोष फस्दैनन् दोषी जोकोही भएता पनि नछुट्ने उनले बताए ।
कानुनको नजरमा सबै समान हुन् ।’’
प्रहरी अनुसन्धान परिणाम निकाल्नेतर्फ उन्मुख भएको आईजीपी खनालको भनाइ रहेको छ ।
निर्मला हत्या प्रकरणको अनुसन्धानमा शंका नगर्न आग्रह गर्दै खनालले घटनाको विभिन्न कोणबाट सुक्ष्म अनुसन्धान भइरहेको बताएका छन् ।
निर्मला हत्यापछि आईजीपी खनाल दोस्रोपटक कञ्चनपुर पुगेका हुन । आईजीपीको टोलीमा प्रहरीका अनुसन्धान अधिकृत पनि सहभागी छन् ।