पुल तर्दा उठाए यसरी वार्षिक १५ लाख राजश्व :जनता परे मारमा

जम्मा एक लाख लगानी गरे काठेपुल बन्न सक्छ । जनता सजिलै आवत जावत गर्न सक्छन् । तर, कैलालीको कैलारी गाउँपालिकाले पुललाई आम्दानीको स्रोत बनाएको छ ।

स्थानीय जनताले प्रत्येक पटक हिंडेर पुल तर्दा १५ रुपैयाँ र मोटरसाइकलबाट तर्दा ३५ रुपैयाँको टिकट काट्नु पर्दछ ।

पुल बनाउन र सञ्चालन गर्न ठेकेदारलाई जिम्मा दिएर गाउँपालिकाले चार वटा काठेपुलबाट वार्षिक १५ लाख रुपैयाँ राजश्व उठाएको छ ।

पुल बनाउन र सञ्चालन गर्न ठेकेदारलाई जिम्मा दिएर गाउँपालिकाले चारवटा काठेपुलबाट वार्षिक १५ लाख रुपैयाँ राजश्व उठाउन थालेको छ । गाउँपालिकाभित्र पर्ने मोहना, निमुवाबोझी, खोनपुर, गोबरैला र मोहनपुर गरी चार घाटमा गाउँपालिका मार्फत काठेपुल निर्माण भएका छन् ।