
लायन्स क्लब अफ पोखरा जयलक्ष्मीको आयोजनामा क्लबमा आबद्ध तथा साना व्यवसायीलाई कर, इन्स्योरेन्स र बैंकिङ सम्बन्धी प्रशिक्षण दिइएको छ ।
आन्तरिक राजस्व विभाग पोखरा कार्यलय प्रमुख केशवकुमार उप्रेतीले आय कर, अन्त शुल्क कर लगायत, गण्डकी बिकास बैंकका कर्जा विभाग प्रमुख कुमार केसीले बैंकिङ कर्जा, सिए विक्रम पराजुलीले कर र रिलायन्स लाइफ इन्स्योरेन्स पोखरा शाखा प्रमुख चिरञ्जीवी पौडेलले जीवन बिमा बारे प्रशिक्षण दिएका थिए ।
तालिममा ६५ जनाको सहभागिता थियो । क्लबका अध्यक्ष निलराज आत्रेयको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष विक्रम पराजुलीले र सचिव हरिबहादुर थापाले पनि बोलेका थिए ।