विष्णुपादुका क्लब हेमजाको आयोजनामा दोस्रो विष्णु तिमिल्सिना स्मृति हेमजा सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि एलजी एसोसियसनले हात पारेको छ ।शनिबार भएको फाइनल खेलमा तारा एफसीलाई ट्राइबेकरमा ३–२ ले पराजित गर्दै एलजीले उपाधि चुमेको हो ।
तारा एफसीका टिम क्याप्टेन रोशन हिराचनले प्रहार गरेको बल एलजीका गोल रक्षक रामबहादुर कार्कीले बचाउ गरेपछि तारा एफसी उपविजेतामा चित्त बुझाउन वाध्य भयो ।एलजीको तर्फबाट रमेश मगर, सुलेमान मगर र कृष्ण गुरुङले गोल गरे भने ताराको तर्फबाट विनोद गुरुङ र गोविन थापाले गोल गरे । प्रतियोगिताको म्यान अफ दि म्याच एलजीका सुलेमान थापा मगर घोषित भए ।
विजेता बनेको एलजी एसोसियसनले नगद १ लाख ११ हजार १ सय ११ ट्रफी मेडल र प्रमाणपत्र प्राप्त ग¥यो भने तारा एफसीले नगद ५५ हजार ५ सय ५५ रुपैयाँ ट्रफी मेडल र प्रमाण पत्रमा चित्त बुझायो ।
प्रतियोगितामा सेमिफाइनलमा पुगेका बिटी एफसी र एकता लालीगुँरासले १०÷१० हजार प्राप्त गरे । त्यसैगरी अनुशासित टिमा दिव्य दृष्टि क्लबले नगद १० हजार ट्रफी प्राप्त ग¥यो ।प्रतियोगिताको सर्वोकृष्ट खेलाडीमा एलजी एसोसियसनका कृष्ण गुरुङ घोषित भए । उनले नगद ५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
प्रतियोगितामा सर्वाधिक गोल कर्तामा बि–१३ बाँझापाटनका अभिनाष तामाङ, उत्कृष्ट गोल रक्षकमा एलजीका रामबहादुर कार्की, उत्कृष्ट मिडफिल्डरमा तारा एफसीका गोविन थापा, उत्कृष्ट डिफेन्डरमा एलजीका युनिक तामाङ, र उत्कृष्ट फरवार्डमा तरा एफसीका विनोद गुरुङ घोषित भए । उनीहरुले जनही नगद ३ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
विष्णु पादुका फुटबल एकेडेमीको सहयोगमा भएको उक्त प्रतियोगिता ३६ टिमको सहभागिता थियो । २०६६ साल असरा ११ गते हेमजामा भएको सवारी दुर्घटनामा मृत्यु भएका विष्णु तिमिल्सिना र सागर सापकोटाको स्मृतिमा प्रतियोगिता आयोजना गरिएको हो ।
‘मैत्रीभाव तथा स्वास्थ्यका लागि खेलकुद’ भन्ने मुल उद्घोषका साथ युवालाई रचनात्मक कार्यमा संलग्न गराउँदै राष्ट्रको खेलकुद विकासमा टेवा पु¥याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिता समापनमा अखिल नेपाल फुटबल संघ एन्फाका केन्द्रीय उपाध्यक्ष कृष्ण थापाले खेलकुदको क्षेत्रमा हेमजाले ठूलो फड्को मारेको बताए ।
कार्यक्रममा पोखरा महानगर पालिकाका वडा नं.२५ का वडाध्यक्ष शोभाकर तिमिल्सिना, एन्फा कास्की अध्यक्ष मिलन गुरुङ, नेपाल सेभेन ए साइडका अध्यक्ष नवीन पुन, स्व. विष्णु तिमिल्सिनाका दाजु राजेन्द्र तिमिल्सिनाले बोलेका थिए ।
विष्णु पादुका क्लब हेमजा अध्यक्ष कृष्ण खड्काको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक जगत थापार मुल आयोजक समिति सदस्य वसन्त श्रेष्ठले पनि धारणा राखेका थिए ।