बीबीए कलेजस्तरीय फुटबल प्रतियोगिता पुस १८ देखि

जनप्रिय बहुमुखी क्याम्पस पोखराको आयोजनामा यही पुस १८ गतेदेखि सातौं सस्करणको बीबीए कलेज स्तरीय फुटबल प्रतियोगिता शुरु हुदैं छ ।

प्रतियोगिता लेखनाथस्थित भण्डारढीक खेल मैदानमा हुने छ । प्रतियोगिताको उदघाटन खेल भने नेपाल कमर्स क्याम्स र आयोजक जनप्रिय क्याम्पस बीच हुने प्रचारप्रसार संयोजक प्रज्वल दाहालले जनाए । जनप्रिय क्याम्पस पोखरा छैटौं सस्करणको विजेता समेत हो ।

Tie sheet

प्रतियोगितामा त्रिभुवन विश्वविद्यालय अन्तर्गतका नेपालका १७ वटा क्याम्पसहरुले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा पोखराको जनप्रिया बहुमुखी क्याम्पस तथा पृथ्वीनारायण क्याम्पसले प्रतिस्पर्धा गर्ने छन् । नेपालगन्जको महेन्द्र बुहुमखी क्याम्पस, धरानको महेन्द्र बहुमुखी क्याम्पस, पाटनको पिएमसी, विराटनगरको एमएमएएमसी, चितवनको विरेन्द्र क्याम्पस, काठमाडौंका सैनिक महाविद्यालय, एसडिसी, पिवाईसी, केसीएमआईटी, केएण्ड के कलेज, पिपुल्स कलेज, काथफोर्ड कलेज, भक्तपुरको बीएमसी कलेज र प्राईम कलेजले सहभागिता रहेको उनले जानकारी दिए ।

प्रतियोगिताको विजेताले ७० हजार रुपैयाँसहित ट्रफी पाउने छ । उपविजेता क्याम्पसले नगद ३५ हजारसहित नगद पाउने छ । उत्कृष्ठ खेलाडी, सर्वाधिक गोलकर्ता, बेष्ट डिफेन्स, बेष्ट गोलकिपर, बेष्ट मिडफिल्डर, बेष्ट गोलकिपरलाई ट्रफी प्रदान गरिने छ । छैटौं सस्करण काठमाडौंमा आयोजना गरिएको थियो । पहिलो पटक पोखरामा आयोजना गरिएकोले प्रतियोगितालाई अझ भव्य रुपमा सम्पन्न गर्न कुनै कसर बाँकी नराख्ने जनप्रिय बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख विरन्जी गौतमले प्रतिबद्धता समेत जनाएका छन् ।

source : kheladinews.com