भेट्रान्स टेनिसमा कमलको ह्याट्रिक

मोफसलकै प्रतिष्ठित फुटबल प्रतियोगिता आहा रारा गोल्डकपको १७ औं सस्करणलाई फागुन ९ देखि आयोजना गर्ने सहारा क्लबले गरेको छ । मागेको मितिमा र अखिल नेपाल फुटबल संघले तोकेको मितिमा फुटबल गर्न असमर्थ जनाउँदै आएको क्लबले अन्तत फागुन ९ गते आयोजना गरी १७ औं सस्करणको प्रतियोगितालाई टुग्याउने निर्णय गरेको हो ।

फुटबल संघ(एन्फा)ले सार्वजनिक गरेको मिति अनुसार आहा रारा गोल्डकपलाई माघ २९ गते तोकिएको थियो । त्यसभन्दा दुई दिन अघि माघ २६ गतेसम्म पोखरामै अर्को गोल्डकप मनकामना केवलकार फुटबल प्रतियोगिता टुंगिने गरी मिति सार्वजनिक गरिएको थियो । दुई दिनको अन्तरमा गोल्डकप आयोजना गर्न नसकिने जनाउँदै सहारा क्लबले फागुन ९ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको सहारा क्लबका अध्यक्ष केशबवहादुर थापाले बताए ।

क्लबले दुई दिनकै अन्तरमा फुटबल प्रतियोगिता आयोजना गर्न नसकिने भन्दै असथर्मता जनाउँदै आएको थियो । अखिल नेपाल फुटबल संघले पनि मोफसलकै प्रतिष्ठित फुटबल प्रतियोगितालाई फागुन ९ गते गर्ने गरी निर्णयसहितको तालिका दिएपछि सहाराले फागुन दोस्रोसातादेखि गर्ने अन्तिम टुंगोमा पुगेको हो । प्रतियोगितामा विदेशी, ए डिभिजनका क्लबहरु, पुर्व र पश्चिम क्षेत्र टिमहरु र आयोजक सहारा क्लब पोखराले प्रतिस्पर्धा गर्ने छ ।

विगत १७ वर्ष देखी निरन्तर आयोजना हुदै आएको प्रतियोगितामा वचत हुन आएको रकम क्लबबाट संचालित सहारा फुटबल एकेडेमीमा खर्च गरिदैं आएको छ । तेश्रो व्याचको एकेडेमीमा १६ जिल्लाका २८ जना बालकहरु आश्रित छन् । विगत २०७० सालदेखि उनीहरु आवसिय रुपमा निःशुल्क स्वास्थ्य, शिक्षा दिक्षा लगायत फुटबल प्रशिक्षण समेत सहारा फुटबल एकेडेमी गण्डकी प्रदेश, पोखरा—१७, दोविल्लामा प्रदान गर्दै आईरहेको छ । एकेडेमीको संञ्चालनको मुख्य श्रोत नै वर्षेनी आयोजना गरिने गोल्डकप नै भएको क्लबले जनाएको छ ।