‘बोसो घटाउ, इन्धन जोगाऔं ’ । पोखरा रंगशालाबाट यही नारा लिएर साईकल यात्रीले बजार डुले । उत्साहजनक सहभागिता थियो । नियमित रुपमा साईकल चढ्नुपर्ने सचेतना प्रदान गरिएको थियो ।
साईकल सिटी पोखराले शनिबार टुर दि पोखरा आयोजना गर्यो । ७ सय भन्दा बढी साईलिष्टको सहभागिता थियो । १२ वर्षदेखि ६९ वर्ष उमेर पाका पनि टुर दि पोखरामा संलग्न थिए । झण्डै ३० किलोमिटर महानगरपालिकाको विभिन्न बजार परिक्रम गरेर पोखरा रंगशालामा पुगेर टुंगियो । विद्यालयका २५ विद्यार्थी पनि अभियानमा संलग्न थिए ।
धुलो र धुवाँसँगै इन्धनको बढ्दो प्रयोगले निम्त्याउने समस्याको न्युनिकरण गर्न जनचेतनाको लागि वर्षेनी साईकल सिटीले अभियान चलाउँदै आएको छ । आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यस राख्दै पर्यावरण संरक्षण गर्नुपर्ने दायित्वलाई समेत टुर दि पोखरा अभियानलाई सम्झाईदिएको छ । काठमाडौं, बुटवल र धरानबाट समेत साईक्लिष्टहरुको सहभागिता रहेको साईकल सिटी पोखराका अध्यक्ष प्रकाश बज्रचार्यले सुनाए ।
साईकल सिटीको मुख्य थिम–स्वास्थ्य बातावरण र पर्यटन हो । स्वास्थ्यको लागि बातावरण राम्रो हुनुपर्छ । बातावरणीय प्रदुषणले स्वास्थ्यमा समस्या निम्त्याउँछ । त्यसैले पनि स्वास्थ्य र बातावरण पर्याय भएको भन्दै स्वास्थ्य, बातारण र पर्यटनलाई मुख्य अभियानको रुपमा लिइएको उनले बताए ।
‘शहरीकरण तिब्र छ । व्यस्तता बढेको छ । सवारी प्रयोगले निम्त्याएको प्रदुषण र पेट्रोलियन पदार्थको खपत न्युनिकरण गर्ने अभियानका साथ टुर दि पोखरा आयोजना गरिएको हो ।’ साईकल सिटीका अध्यक्ष बज्रचार्यले भने– ’दैनिक एक घण्टा साईकल चढ्ेको अवस्थामा पनि बातावरण संरक्षणमा टेवा पुग्ने छ ।’ पोखरामा टुर दि पोखराको अभियान शुरु गरिएको केवल चार वर्षमात्रै वित्यो ।
फ्रान्सबाट शुरु भएको टुर दि फ्रान्सको अवधारणालाई आत्मसात गर्दै पोखरामा पनि टुर दि पोखराको चौथो सस्करणलाई निरन्तरता दिदैं आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन हुने विश्वास लिइएको छ । टुर दि पोखराले जीवन स्वास्थ्यकरमात्रै नभई बातावरणीय संरक्षण अभियानको एउटा पाटोको रुपमा रहेको रहेको साईक्लिङ संघ कास्कीका अध्यक्ष शंकर भण्डारीले बताए । टुर दि फ्रान्सबाट शुरुभएको साईकल अभियान झण्डै सय वर्ष पुरानो हो ।
पोखरा रंगशालाबाट सुरु भएको साईकल ¥याली बुद्धचोक, अमरसिंहचोक, चाउथे, ढिकालेथर, हस्पिटलचोक, रानीपौवाचोक, महेन्द्रपुल, तेर्सापट्टी, भैरवटोल, मोहरियाटोल, ट्याक्सीचोक, सिम्पानी, हरिचोक, बागलुङ राजमार्ग अन्तर्गतको केही खण्ड, जिरो किमी, लेकसाइड, राष्ट्रबैंक, बिरौटाचोक, मुस्ताङचोक, नागढुंगा, पृथ्वीचोक पुन रंगशालामा पुगेर टुंगिएको कास्की जिल्ला साईक्लिङ संघले जनायो ।
रंगशालामा ४२ वर्षदेखि निरन्तर साईकल चढेकी पार्वती रानाभाट राईलाई सम्मान गरिएको थियो । उनलाई सम्मान गर्दै साईकल उपहार प्रदान गरिएको थियो । टुर दि पोखराको अभियानलाई नेपाल आयल निगमले सहकार्य गरेको थियो । आयल निगमकै प्रायोजनमा गरिएको कार्यक्रम अझ प्रभावकारी भएको विश्वास साईकल सिटी पोखराले लिएको छ ।
source : kheladinews.com