
बलिउड फिल्म इतिहासमा कमेडी विधामा आफुलाई अब्बल रुपमा प्रस्तुत गरेका चर्चित कलाकार कादर खान अस्पतालमा भर्ना भएका छन् ।
लामो समयदेखि रोगसंग लडिरहेका राम्रोसंग हिड्न पनि सक्दैनथे । पछिल्लो पटक स्वास्थ्य गम्भिर बनेपछि उनलाई BiPAP भेन्टिलेटरमा राखिएको छ ।
साथै प्रोग्रेसिव सुप्रान्यूक्लियर पाल्सी डिसअर्डरका कारण दिमागबाट संचालित हुने गतिविधि समेत प्रभावित भएको उनको छोरा सरफराज खानले बताएका छन् ।
पछिल्लो समय लामो समयदेखि क्यानडामा परिवार सहित बस्दै आएका कादर डाक्टरको हेरचाहमा बस्दै आईरहेका थिए ।
तर उनलाई एक्कासी सास फेर्न समस्या भएका कारण बाइपेप भेन्टिलेटरमा राखिएको छ । उनको अवस्था नाजुक भएपनि उनी कहिले होसमा आउँने, कहिले यताउती हेर्ने् गरेका छन् । कुराकानी गर्न पनि बन्द गरेका छन् । उनमा निमोनियाको लक्षण पनि देखिएको छ ।
उनको स्थिती नाजुक छ । अफगानिस्तानमा जन्मिएका कादरले बलिउडमा हाँस्य कलाकारको रुपमा निकै चर्चामा आएका कलाकार हुन् ।
३ सय भन्दा बढि फिल्ममा काम गरिसकेका कादर खान ९० को दशकमा सबैभन्दा बढि डिमाण्डमा रहेका कलाकार हुन् । सन १९७३ मा दाग फिल्मबाट डेब्यु गरेका कादरले बलिउडमा नाम र दाम दुबै कमाउँन सफल भए ।
धेरै पटक उनको मृत्युको गलत खबरहरु भाईरल भए तर उनले आफु जिउँदै रहेको बताएका थिए तर यतिबेला ८१ वर्षका उनै कादर खानको अवस्था नाजुक भएपछि उनका प्रशंसकहरु चिन्तित बनिरहेका छन् । उनले सन २०१५ मा अन्तिम पटक दिमागका दही फिल्ममा काम गरेका थिए ।