लायन्स क्लब अफ पोखरा माउण्टेन सिटीले बिहिवार पोखराको बाल मन्दिर मावि नदिपुरमा आयोजना गरेको निशुल्क आँखा जाँच कार्यक्रममा १ हजार ८९ जनाको आँखा जाँच गरिएको छ ।
आँखा जाच गरिएका मध्ये तीन जना जटिल अवस्थाका बिरामी, १७ जना तुरुन्तै औषधी प्रयोग गर्नूपर्ने र ६७ जना चस्मा लगाउनु पर्ने बिरामी पत्ता लागेको कार्यक्रम संयोजक डिआर पोखरेलले जनाए ।
आँखाका विरामी भएका विद्यार्थीलाई गर्नुपर्ने सम्पूर्ण उपचारसहित चश्मासमेत लायन्स क्लबले प्रदान गर्ने अध्यक्ष हर्कबहादुर अधिकारीले जानकारी दिए ।
विगत ३ वर्षदेखि क्लबले सरकारी विद्यालयका विद्यार्थीको निशुल्क आँखा जाँच कार्यक्रम आयोजना गर्दै आएको छ । यस बर्ष करिव ४ हजार विद्यार्थीको आँखा गरेको क्लबका सचिव शक्ति बरालले बताए ।