चौरीपालन र सामुदायीक लज चलाएर शिक्षकलाई तलब

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको ५ पाउद्धारमा रहेको पाउद्धार मावि र ८ मा रहेको हिमाञ्चल मावि नांगीको विद्यालयका निजी स्रोतबाट शिक्षकको तलबका लागी चौरी र सामुदायीक लज सञ्चालन गरिएको छ ।

पाउद्धारस्थीत खोप्रालेखमा रहेको समुदायीक लज समुदायको सक्रियतामा पालन गरिएको चौरीको आम्दानीले विद्यालयका शिक्षकका लागि तलवका लागी खर्च गरिदै आएको छ । चौरीको आम्दानी भने ६०प्रतिशत पाउद्धार माविमा खर्च गरिन्छ । ४० प्रतिशत हिमालञ्चल माविका लागी खर्च गरिदै आएको छ।

चौरी पालन बाट हुने बाािर्षक ३ लाखको ४० प्रतिशत र सामुदायीक लजबाट हुने बार्षिक ४ लाखकोे ५० प्रतिशत रकमले दुई जना निजि स्रोतका शिक्षकका लागी तलबका खर्च गरिएको हिमालञ्चल माविका प्रअ रमन पुनले बताए ।

पाउद्धार माविका लागी सामुदायीक लज र चौरीपालनको आम्दानीको अतिरिक्त गाउँमा चिज उद्योग समेत सञ्चालन गरेर विद्यालयको शिक्षकको तलबका खर्च गर्ने गरेको विद्यालयकी प्रधानध्यापक थम माया पुनले बताईन ।