नेपाल सरकारले ३०० विद्युतीय बस किन्ने भएको छ । मन्त्रिपरिषद् बैठकका निर्णय पत्रकार सम्मेलनमा सार्वजनिक गर्दै सूचना तथा सञ्चार प्रवृधिमन्त्री गोकुल बाँस्कोटाले ती बस काठमाडौं उपत्यकामा चलाइने बताए ।
उनले तीन देशका राजदूतहरु फिर्ता बोलाई परराष्ट्र सहसचिव गणेश ढकाललाई थाइल्यान्ड, सहसचिव मणिप्रसाद भट्टराईलाई संयुक्त राष्ट्रसंघ जेनेभाका लागि स्थायी प्रतिनिधि, दीपक अधिकारी फ्रान्स, दुर्गा भण्डारी कुवेतका लागि सिफारिस गरिएको जानकारी दिए ।