अब २२ तले धरहरा यस्तो बन्नेछ

१२ वैशाख २०७२ मा भत्किएको धरहरा पुन र्निर्माणको आज औपचारिक शिलान्यास हुँदैछ ।

पुन निर्माणको काम महिना दिन अघि देखि नै सुरु भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आज पुन र्निर्माणको औपचारिक शिलान्यास गर्दैछन् । बिहान ११ बजे प्रधानमन्त्री ओलीले शिलान्यास गर्ने कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्री ओलीले आफ्नो अघिल्लो कार्यकालमा (फागुन ४ २०७२ मा) ‘म बनाउँछु मेरो धरहरा’ अभियान अन्तर्गत आफ्नो एक महिनाको तलब धरहरा पुन र्निर्माणका लागि उपलब्ध गराएका थिए ।


६ रोपनी क्षेत्रफलमा रहेको भीमसेन थापा कालीन धरहरा भत्किएपछि हुलाक र टक्सार विभाग सहितको ४२ रोपनी जग्गामा आधुनिक धरहरा निर्माण गर्न लागिएको छ ।

पुन र्निर्माण प्राधिकरणले जीआईईटीसी–रमन जेभीलाई धरहरा पुनर्निर्माणको जिम्मा दिएको थियो ।
कम्पनीले अहिले धरहरा परिसरलाई कम्पाउन्डिङ गर्ने र ठुटो धरहरालाई संरक्षण गर्ने काम गरेको छ ।

धरहरा र्निर्माण गर्नको लागी करिब साढे ३ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।नयाँ धरहरा ११ तलाको हुने छ । बाहिरबाट ११ तलाको देखिने धरहराको भित्री संरचना भने २२ तलाको हुने प्राधिकरणले जनाएको छ ।

नयाँ बन्ने धरहराको उचाइ १ सय ४५ फिटको हुनेछ । अपाङमैत्री धरहरामा वृद्धवृद्धाको लागि छुट्टै व्यवस्था गरिने भएको छ ।दुई वटा लिफ्ट सहितको नयाँ संरचनामा ८ जनालाई चढ्ने र ८ जनालाई ओराल्ने व्यवस्था हुनेछ ।

नयाँ धरहरा पुरानो धरहराबाट १० मिटर पूर्वतर्फ पहिलेकै जस्तो ढाँचामा नयाँ निर्माण हुने छ । गजुर सहित नयाँ धरहराको उँचाई करिब ७७ मिटरको हुने छ । धरहराको स्वरूप क्षतिग्रस्र धरहराको जस्तै हुने जनाएको छ ।