
कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा जारी १६ औं माछापुच्छ«े बैंक पोखरा ओपन भेट्रान्स टेनिस प्रतियोगितामा ३५ र ४५ वर्ष माथिको एकलतर्फका प्रि क्वाटर फाइनल खेल सकिएका छन् ।
बुधबार भएको १ मात्र क्वाटरफाइनल खेलमा नेपालका शीर्ष वरियता प्राप्त कमल भण्डारीले चौंथो स्थानका सीमान्त गुरुङलाई ६–३, ६–३ को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाए ।
३५ वर्ष माथिको एकलतर्फका अन्य खेलमा छेवाङ लामाले राजन पौडेललाई ६–४, ६–३ ले, राजु श्रेष्ठ गोर्खाले विनोद गुरुङलाई ६–१, ७–६ र १०–८ ले, गोपीबहादुर भट्टराईले भीष्म काउछालाई ६–४, ४–६ र १०–७ ले, नवीन श्रेष्ठले राजकुमार अधिकारीलाई ६–४, ६–० ले तथा महेश श्रेष्ठले उत्तम बोगटीलाई ६–१, ६–३ ले पराजित गर्दै क्वाटर फाइनलमा स्थान बनाए ।
बुधबार नै भएको ४५ वर्ष माथिको एकलतर्फ धरमबहादुर लामिछानेले हुम आलेलाई ६–२, ६–० ले, बिमल गुरुङले शरण गुरुङलाई ६–२, ६–२ ले, तथा उत्तम बोगटीले ठाकुरप्रसाद नाललाई ७–५, ६–४ ले पराजित गरे । यस्तै चन्द्र शाहीले आशिष सिग्देललाई ६–१, ६–२ ले, राजु राईले सुदर्शन विष्टलाई ७–५, ५–७ र ११–९ ले, अनु जोनले अमृत कार्कीलाई ६–२, ६–१ ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरे ।
५५ वर्ष माथिको एकल खेलमा समीर शेरचनले झ्याम्बु शेर्पालाई ६–१, ६–१ ले, करिमुल्ला मुस्लिमले विष्णु गुरुङलाई ६–०, ६–४ ले तथा राजकुमार गुरुङले बाबु के कार्कीलाई ७–५, ६–२ ले पराजित गरे ।