पार्टी एकता नगर्न लोभ देखाइयो, धम्की दिइयो : प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई पार्टी एकता नगर्न अनेक किसिमको प्रलोभन देखाइएको दाबी गरेका छन् । उनले भने, ‘तर केही सीप नलागेपछि अनेक धम्की मसेत पनि दिइएको थियो ।


जारी स्थायी समिति बैठकमा उनले पार्टीले नै सरकार चलाउने हो, सरकारले पार्टी होइन भन्ने स्पष्ट पारेका छन् । समाजवादको आधार तयार गर्ने अबको कार्यभार हुनुपर्ने विचार राखे ।


प्रचण्डले पार्टीलाई विगतको आँखाले हेर्न नहुने बताएका थिए। हिजो कसरी चलियो, त्यसलाई बिर्सेर अगाडि बढ्नुपर्ने जनाए । ’हिजोका गुटबन्दीहरुका प्रभाव नयाँ पार्टीमा रहनुहुँदैन’, प्रचण्डले भने, ’त्यसमा हामी दुवै अध्यक्ष स्पष्ट छौं । पार्टीभित्र हार्दिक एकता गरौं । सबैको भूमिकालाई सम्मान गरौं । म त्यो चाहन्छु ।’


प्रचण्डले विभिन्न कारणले कमिटीहरुको गठनमा ढिलाइ भएको बताएका थिए । सबै कमिटीहरुको एकता र गठन गर्न यही बैठकले कार्यदल गठन गर्नुपर्ने उनले बताए ।