नेपाल पत्रकार महासंघले प्रत्यक्ष निर्वाचन नेतृत्व छान्ने भएको छ । यही पुस ४ र ५ गते विराटनगरमा सम्पन्न राष्ट्रिय सम्मेलनले महासंघलाई प्रत्यक्ष निर्वाचन प्रणालीमा लैजान निर्देशन दिएको छ ।
महासंघ केन्द्रीय समितिको ६ र ७ गते धनकुटामा भएको बैठकले सो निर्देशनलाई कार्यान्वयन लैजाने निर्णय गरेसँगै सो सम्बन्धमा मंगलबार सञ्चारसम्वद्ध संघ, संस्थाका प्रतिनिधिसँग छलफल भएको छ ।
कार्यक्रममा महासंघका अध्यक्ष गोविन्द आचार्यले पत्रकारको शुद्धीकरणका लागि महासंघले प्रत्यक्ष निर्वाचन प्रणाली अवलम्वन गर्न लागेको बताए । उनले महासंघको निर्वाचनका बेलामा हुने भड्किलो चुनावी प्रचारप्रसार अन्त्य गर्न चुनावलाई प्रत्यक्ष गर्न लागिएको धारणा राखे ।