विवाह बन्धनमा बाधिएकै दिन एल्बम बिमोचन

गायिका जीनु जोशीले आफ्नै विवाह समारोहमा एल्वम ‘आभास’को विमोचन गराएकी छन् । गायिका जिनु आभास जोसीसँग विवाह बन्धनमा बाधिएकै दिन एल्बम ‘आभास’ विमोचन गरिएको हो ।

‘आभास’लाई राजु सिंह, स्वरुपराज आचार्य, नरेन्द्र प्यासी, सागर अधिकारी, आभाष जोशी, धनबहादुर गोपाली, गायिका जीनु र आभास लगायतका सङ्गीतकार/गायकले संयुक्त रुपमा विमोचन गरेका थिए ।

एल्बमा ‘मस्ती’, ‘छायाँ तिमीलाई’, ‘तिमीलाई पाउँने आशमा’, ‘भनेको थिए तिमीलाई’, ‘भिजेको नजरले नहेर’, ‘कोही यहाँ बाटै’, ‘एकान्तमा हास्थे’ र ‘रमाउने छौ जीवनमा’ जस्ता गरी आठ गीत समावेश गरिएको छ ।

जीनुको एकल स्वर रहेको एल्बमका गीतमा आभास जोशीको शब्द र संगीत संयोजन रहेको छ ।