वडा सदस्यको तस्करी पत्ता लगाउन कार्यदल

रुपा गाउँपालिका ७, कुनाको मुखको मादीखोलाबाट नदीजन्य पदार्थ तस्करीबारे छानबिन गर्न रुपा गाउँपालिकाले कार्यदल गठन गरेको छ । ५ सदस्यीय कार्यदलको अध्यक्षमा वडा ६ वडाध्यक्ष नारायण गुरुङ, सदस्यमा वडा नम्बर ३ का वडाध्यक्ष रामजी अधिकारी, वडा नम्बर १ का वडाध्यक्ष दीपककुमार आले, गाउँपालिकाका प्राविधिक प्रमुख वीरेन्द्र तिवारी र खरिद शाखा प्रमुख रामचन्द्र पौडेल छन् ।

कार्यदलले १५ दिनको म्याद पाएको छ । त्यसैले बुझाएको प्रतिवेदनका आधारमा प्रक्रिया अघि बढ्ने अध्यक्ष नवराज ओझाले बताए ।

वडा सदस्य मोती श्रेष्ठ नै तस्करीमा संलग्न रहेको पाइएको थियो । शनिबार गाउँपालिकाले बोलाएको बैठकमा स्पष्टीकरण दिन श्रेष्ठ गएनन् ।