सामान्य झगडा भएपछि श्रीमानलाई घुर्की लाउन शरीरमा आगो लगाउँदा १ महिलाको ज्यानै गएको छ । तनहुँको म्याग्दे गाउँपालिका २ जामुनेमा आइतबार राति ९ः३० बजे ३८ वर्षीया लीला रामदामको ज्यान गएको हो ।
आगलागीबाट घाइते रामदामको सोमबार बिहान पोखरास्थित गण्डकी मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब निरीक्षक मनोज पाण्डेले जानकारी दिए ।
आगो निभाउने क्रममा उनका श्रीमान् ३८ वर्षीय मुक्ति रामदामसमेत घाइते छन् । उनको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।