पोखरा घुम्न आएका १ युवकको भीरबाट अचानक खस्दा मृत्यु भएको छ । पोखरा १७ मा रहेको गोर्खा भिलेजबाट खस्दा नवलपरासीका सुजन गोलेको ज्यान गएको कास्की प्रहरीले जानकारी दिएको छ ।
गायन प्रतियोगितामा सहभागी हुन पोखरा आएका गोलेसँगै ३ जना घुम्न भिलेजमा गएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता गणेश सुवदीले जानकारी दिए । १७ वर्षीया गोलेलाई उपचारका लागि पोखरा स्वाथ्य विज्ञान प्रतिष्ठानमा लगिएपछि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । उनको शवलाई पोस्र्टमार्टमका लागि प्रतिष्ठानमा राखिएको छ ।