कास्कीको अन्नपूर्ण गाउँपालिका¬ वडा नं ४ को भदौरेमा २१ औं भदौरे पञ्चासे महोत्सव तथा तमु ल्होसार मंगलबारबाट सुरु हुँदै छ ।
भदौरे क्लब, भदौरे आमा समूह र अन्नपूर्ण गाउँपालिकाको संयुक्त आयोजनामा हुने महोत्सव १५ गतेसम्म चल्नेछ । महोत्सवमा विभिन्न खेलकुद, सांस्कृतिक कार्यक्रमका साथै विशेष आकर्षणमा कोदोबाट बनेका परिकार राखिने भदौरे क्लबका अध्यक्ष जीवन गुरुङले बताए ।
युवालाई लागुपदार्थ दुव्र्यसनदेखि टाढा राखी खेलप्रति आकर्षण गराउन पनि महोत्सवमा युवाका लागि विभिन्न खेलकुद प्रतियोगिता राखिएको अध्यक्ष गुरुङले बताए ।
महोत्सवमा पुरुष तथा महिला सेभेन ए साइड फुटबल, खुला एकल नृत्य प्रतियोगिता, छेलो हान्ने, घुम्ने कुर्ची, रस्साकसी लगायतका प्रतियोगिताका साथमा विभिन्न सांस्कृतिक कार्यक्रम हुने छन् । पुरुष सेभेन ए साइड फुटबल प्रतियोगिताका प्रथम हुने टिमले नगद ७० हजार तथा द्वितीयले नगद ४० हजारसहित सिल्ड, मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ ।