अभिताभको जन्मदिनमा ऐश्वर्याको उपहार

न्यू लेक्सस एलएक्स ५७० एसयूभी, यो आरम दायक मात्र होइन, निकै महँगो पनि हो । यसको बजार मूल्य भारतीय रुपैयाँ साढे २ करोड हाराहारी छ । बलिउड सेलिब्रेटी आफ्नो फिल्मले राम्रो कारोबार गरेमा पनि कार उपहार दिने गर्छन् । जन्मदिन त अझ विशेष अवसर नै भयो ।

कुरा जन्म दिनकै हो । र, जन्मदिन अमिताभ बच्चनको । बिग बी अमिताभले यसपालि जन्मदिनमा कार उपहार पाए । अक्टुबरमा उनको जन्मदिन थियो । बलिउडका यी महानायकले ७६ औं जन्मदिन मनाएका हुन् ।

उनको जन्मदिनको रमझम बुहारी तथा अभिनेत्री ऐश्वर्य राय बच्चनले आफ्नो इन्स्टाग्राममा सेयर गरेकी थिइन् ।

त्यही रमझमको तस्बिरमा देखियो बच्चन फेमिलीको ग्यारेजमा एक नयाँ लक्जरी कार थपिएको । खासमा यो उनको वर्थ डे गिफ्ट थियो ।

तस्बिरबाट थाहा हुन्छ, बच्चन फेमिलीको ग्यारेजमा भित्रिएको त्यो कार न्यू लेक्सस एलएक्स ५७० एसयूभी हो । यो आरमदायक मात्र होइन, निकै महँगो कार पनि हो ।

यसको बजार मूल्य भा.रु. साढे २ करोड हाराहारी छ । लेक्सस एलएक्स ५७० एसयूभी एसियन क्षेत्रका लागि सबैभन्दा पावरफुल कार मानिन्छ । चाहे फिचर्सको कुरा गरौं वा पर्फमेन्सको, बच्चन परिवारका लागि यो पर्फेक्टकार हो ।