लिगचरणमा व्यहोरेको हारको बदला लिदैै त्रिभुवन आर्मी क्लबले चौथो सस्करणको आरबिबि एनभिए राष्ट्रिय लिग भलिबल प्रतियोगिताको उपाधि रक्षा गर्दै डिफेन्डिङको साख कायमै राख्यो ।
शसस्त्र प्रहरी बललाई पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रको सेन्टर कोर्टमा शनिबारको फाईनल प्रतिस्पर्धामा आर्मीले ३–२ सेटले पराजित गर्दै उपाधिमा आफनो नाम लेखाउँदै इतिहास दोहोर्यायो । निकै प्रतिस्पर्धात्मक खेलमा आर्मीले शसस्त्रलाई पराजित गर्न पाँचै सेटसम्म खेल्नु पर्यो । लिग चरणमा समेत शसस्त्रले आर्मीलाई पराजित गर्ने क्रममा पाँचै सेट खेलेको थियो ।
१८–२५, २५–१९, २५–१८, १८–२५ र टाइब्रेक सेटमा १७–१५ को सेटमा शसस्त्रको चुनौतिलाई पन्छाउँदै आर्मीले लिगचरणको हारको बदलालाई उपाधि उचाल्दै लिदाँ शसस्त्र भने उपविजेतामै चिक्त बुझायो । पहिलो सेटमै शसस्त्रले पाँच अकंको अग्रतालाई जोगाउँदै सहज लिएको थियो । पाँच अंक शसस्त्रले आर्मीको स्पाईकलाई ब्लक गर्दै जोड्यो । शसस्त्रको लिबरोले उत्कृष्ठ डिफेन्स गरेका थिए ।
निकै प्रतिस्पर्धात्मक खेलमा आर्मीले शसस्त्रलाई पराजित गर्न पाँचै सेटसम्म खेल्नु पर्यो । लिग चरणमा समेत शसस्त्रले आर्मीलाई पराजित गर्ने क्रममा पाँचै सेट खेलेको थियो ।
दोस्रो सेट भने आर्मीले शसस्त्रलाई पहिलो सेटमा झै अंक फराकिलो बनाउँदै लग्यो । जुन अन्तिमसम्म कायम राख्दै सेट बराबरी गरेर लयमा फर्कियो । तेस्रो सेट पनि आर्मीले आफनो पक्षमा पारेपछि शसस्त्रले केही दबाव महशुस गरेको थियो । तर चौथो सेट शसस्त्रले लिएपछि खेल रोमाञ्चकस्थिति निर्णायक सेटमा पुग्यो ।
एक पछि अर्को समान अंकसँगै १५–१५ को अंकमा पुगेपछि शसस्त्रले सेट अंक गुमाउन पुग्यो । आर्मीले सर्भिस प्वाईन्टमा अंक जोडेपछि १७–१५ शसस्त्रले उपविजेतामा चिक्त बुझाउनुपर्ने बाध्यता सृजना भयो ।
तेस्रो स्थानको लागि भएको प्रतिस्पर्धामा भने नेपाल पुलिस क्लबले मणिमुकुन्द क्लब रुपन्देहीलाई पराजित गर्दै तेस्रो स्थान कब्जा गर्यो । पुलिसले सोझो सेटमा पराजित गर्ने क्रममा मणिमुकुन्दलाई २५–१४, २५–१९ र २५–१५ को सेटले नतिजा निकाल्यो । विजेता आर्मीले नगद २ लाख रुपैयाँ पुरस्कार पाउँदा उपविजेतामा चिक्त बुझाएको शसस्त्रले १ लाख रुपैयाँ र तेस्रो स्थानमा रहेको नेपाल पुलिस क्लबले भने नगद ५० हजार रुपैयाँ पुरस्कार स्वरुप थाप्यो ।
समापन समारोहमा नेपाल भलिबल संघका महासचिव जितेन्द्र चन्दले फुटबल र भलिबलमा गरिने लगानीको २५ प्रतिशत मात्रै भलिबलमा लगानी गरे त्यसको प्रतिफल छिटो पाईने स्पष्ट पारे । उनले खेलाडीले जतिसुकै राष्ट्रिय प्रतियोगिता खेलेपनि अन्तर्राष्ट्रिय एरिनामा एक्पोजर नहुदाँसम्म स्तरीयता नआउने ठोकुवा गरे ।
राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिमिल्सिनाले खर्च हुन नसकेको केही बजेट पोखरा रंगशालको खेलकुदका भौतिक पुर्वधारमा खर्च गरी पुरा गर्ने तर्फ पहल गर्ने बताए । उनले पोखरालाई स्पोर्टस हब सिटीको रुपमा विकास गर्नुपर्ने भन्दै दुईसत्ता खेलकुदमा हावी भएको दावी गरे । ‘खेलकुदमा दुई सत्ता छन् ।’ उनले भने–‘झोलामा बोकेर हिड्ने संघले खेलकुदको विकास हुदैंन् त्यस्तालाई कारवाही गरिने छ ।’
एकसातासम्म सञ्चालित प्रतियोगितामा बेष्ट स्ट्राईकर आर्मीका मानबहादुर श्रेष्ठ, लिबरोमा आर्मीकै ईश्वर आले, लिफ्टर(सेटर) नेपाल पुलिसका कप्तान ईम राना, सर्भर आर्मीका कुलबहादुर थापा, ब्लकरमा शसस्त्र प्रहरीका विजय थापा र उत्कृष्ठ प्रशिक्षकबाट नेपाली सेनाका प्रशिक्षक प्रविनकिशोर श्रेष्ठ घोषित भए । प्रतियोगितामा उत्कृष्ठ खेलाडीको पुरस्कार भने त्रिभुवन आर्मीका धनबहादुर भट्ट घोषित भए । उनले २५ हजार रुपैयाँ ट्रफी तथा प्रमाणपत्र पाए ।
बेष्ट स्पाईकर, बेष्ट ब्लकर, बेष्ट सेटर, बेष्ट डिफेन्स र बेष्ट सर्भरले नगद ५ हजारसहित ट्रफी तथा प्रमाणपत्र प्राप्त गरे । नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जनरमण शर्मा, राखेप उपाध्यक्ष पिताम्बर तिमिल्सिना, संघका उपाध्यक्ष एवं कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङ, संघका महासचिव जितेन्द्र चन्द, सचिव डिबी नेपाली, प्रतियोगिताका संयोजक राजुकमार गुरुङ लगायतले पुरस्कार प्रदान गरेका थिए ।
source : kheladinews.com