फेवा सिटी हस्पिटलको अध्यक्षमा चेतबहादुर

फेवा सिटी हस्पिटल प्रालि नागढुंगा पोखराको अध्यक्षमा चेतबहादुर गुरुङ निर्वाचित भएका छन् । हस्पिटलको १९ औं साधारणसभा तथा ७ औं अधिवेशनले गुरुङको नेतृत्वमा सर्वसम्मत ७ सदस्यीय समिति चुनेको हो ।


समितिका सदस्यमा प्राडा रवीन्द्रप्रसाद श्रेष्ठ, डा ध्रुवबहादुर अधिकारी, डा. सुरेश थापा, डा जयबहादुर खत्री, दिनेशबाबु खड्का र सर्वजीत अधिकारी छन् । नवनिर्वाचित समितिलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा बुद्धिबहादुर थापा र निवर्तमान अध्यक्ष डा भोजराज न्यौपानेले बधाई ज्ञापन गरेका थिए ।


अधिवक्ता कमलप्रसाद अर्याल संयोजक रहेको निर्वाचन समितिले नयाँ समिति निर्माणमा सहजीकरण गरेको थियो । नवनिर्वाचित अध्यक्ष गुरुङले अस्पतालमा विभिन्न विभाग थप गरी दिउँसो ओपिडी सञ्चालन गर्न पहल गर्ने प्रतिवद्धता गरे ।


२०५७ सालमा स्थापना भएको फेवासिटी १ सय बेडको छ । अस्पतालले आफ्नै नर्सिङ कलेज फेवासिटी इन्स्टिच्युट अफ मेडिकल साइन्स पनि सञ्चालन गरेको छ ।