८ रुपैयाको जागीरले बनायो धनबहादुरलाई सफल कृषक

धनबहादुरको जीवन संघर्ष ।चिमाङ गाउका कृषि अगुवा ।

घरपझोङ गाउपालिका १ चिमाङका ५८ वर्षिय धनबहादुर थकाली विगत साढे ३ दशक अघि देखि कृषि पेशामा सक्रिय रहदै आएका छन्् । मुस्ताङको मार्फा वागवानी बिकास केन्द्रमा जम्मा ८ रुपैयामा ज्यालादारी काम सुरु गरेका हुन्् ।कृषि लक्षित वागवानी विकास केन्द्र देखि पूर्वमा अवस्थित अग्लो उचाईको चिमाङ गाउमा उनको घर पथ्र्यो ।उनी त्यही गाउदेखि वागवानी कृषि फार्ममा काम गर्नका लागि दिनहु १ घण्टाको पैदलै हिडेर वागवानी आउजाउ गथ्र्ये ।गरिव र बिपन्न परिवारका उनले सधै जिवन संघर्षमै बिताए ,स्कुलको आगन कहिल्यै कस्तो हुन्छ,कहिल्यै देख्न पाएनन्् ।


वागवानी बिकास केन्द्रमा ज्यालादारी सुरुगर्दा धनबहादुर थकाली जम्मा १४ वर्षका थिए ।दिनहु जंगलबाट दाउरा बोकेरै वागवानी फर्म धाउथे ।उ समय उनले १५ रुपैयामा वागवानीमा दाउरा बिक्री गथ्र्ये ।बिहान जंगलमा दाउरा खोज्ने र दिउसो फर्ममै ८ रुपैयामा ज्यादारी काम गथ्र्ये उनी ।स्कुल पुगेर शिक्षा आर्जन गर्ने उनको उमेर कृषि पेशामानै बित्यो ।परिवार आर्थिक रुपमा कमजोर भएकाले फर्ममा काम गर्ने आफ््नो बाध्यता रहेको उनले सुनाए ।


मार्फा बागवानीमा स्याउ खेति सुरुवात भएको करिव २०२० सालमा भएको धन बहादुरले सम्झिए ।‘फर्म भित्र विभिन्न जातका तरकारी र फलफुल उत्पादन हुन्थ्यो ।फर्ममा लगाईका स्याउ र गाजर आदी खाने हुने या नहुने त्यति सम्म हेक्का थिएन ।’उनले पछि फर्किएर कल्पना गरे ।विल्कुल अबोध जस्ता उनी कामबाट फर्कदा फर्ममा फलेका स्याउ गाजर गोजीमा लुकाएर घर लग्थे ।बिहानपख दाउरा पू¥याउने,त्यसपछि दिनभर फर्मको काम गर्ने र काम सिक्ने गथ्र्ये थकाली ।दाउरा पु¥याउने क्रममा थकालीसहत अर्को एकजनालाई फर्मको फिल्ड कामको जिम्मा दिईयो ।दैनिक ८ रुपैयाबाट काम थालेका थकालीले १४ रुपैया तलब पुग्दा ४ वर्ष सेवा गरेर २०४३ सालमा बागवानीको काम छोड््न पुगे ।


बँगवानी बिकास केन्द्र कषि फर्म छोडेपछि पनि धनबहादुर त्यसै बसेनन्् ।उनी कृषि फर्मका सिकेका देखेका कुराहरुलाई व्यहारमा रुपान्तरण गर्नतर्फ अग्रसर रहे ।२०४२ सालमा १७ वर्षको कलिलो उमेरमा बिवाहको लगठगाठो बाध्न पुगेका धनबहादुरले स्थानीयको करिव १५ रोपनी जग्गा लिजमा लिएर तरकारी खेती गर्न थाले ।बागवानी फर्ममा लगाईने तरकारी आफैले निजि स्तरमा सुरुगरेको सुनाउछन्् ।आफै लगानी गरेर तरकारी र बिउ उत्पादन गरेका उनले बिक्रीका लागि मार्फा सामाग्रीमा पु¥याउदथे ।तर बिक्री गरेको तरकारी र बिउको पैसा ६ महिनापछि मात्र पाउथे ।उ समय थकालीले रायोको बिउ प्रतिकेजी ६० रुपैयामा बिक्री गथ्र्ये ,तर अहिले १५ सय रुपैया केजी पर्ने उनको भनाई छ ।जन्मजात किसान पेशामा सक्रिय रहदै आएका धनबहादुरले २०४७ सालमा चिमाङमा गाजर खेति सुरु गरेका थिए।कसैले सुरु नगरेको बेमौसमी गाजर खेति असोज महिनामा सुरु गरेको सुनाए ।


तरकारी खेति गदै कमाएको पैसा धनबहादुरले जग्गामै लगानी गरेका छन्् ।हाल उनको चिमाङमा २३ रोपनी जग्गा छ ।१४ वर्ष देखि अनवरत तरकारी खेति गर्दे आएका उनले ४ दशकबढी कृषि पेशामानै बिताए ।उनको स्याउ बगैचामा ६० वर्ष पुरानो स्याउको बोट छ ।स्याउ बगैचा भित्र पनि उनले तरकारी खेति गरेको खुलाए ।चिमाङ गाउकै कृषिक्षेत्रमा अग्रज किसानका रुपमा परिचित उनलाई सबैले तरकारी दाई भन्ने गर्छन्् ।विभिन्न जातका तरकारीको समय सापेक्षिक प्रयोग र उत्पादन गर्ने गरेका धनबहादुरले आफैले सिकेका ज्ञानशिप अरुलाई बाड््ने गर्छन्् ।उनको तरकारी बगैचामा रातो बन्दा र चुकन्दर (बिथ) देख्न पाईन्छ ।उनले उत्पादन गरेका तरकारी पोखरा र काठमान्डौमा बिक्री गर्ने गरेको खुलाए ।उनले भने,‘कन्ट््याकमा जिल्ला बाहिर तरकारी पठाउछु ,अर्गानिक मल पनि उतैबाट खरिद गर्छु ।’


धनबहादुरका परिवारका सदस्य यतिबेला पोखरा छन्् ,तैपनी उनले गाउलाई चटक्क माया मार्न सकेका छैनन्् ।उनको परिवारमा श्रीमतीसहित १ छोरा ५ छोरी छन्् ।जसमध्ये ४ छोरीको बिवाह भैईसक्यो ।बाँकी श्रीमती र एक छोराी एक छोरीलाई पोखरामा फल्याईट भाडामा लिएर राखेको उनले बताए ।उनका अनुसार छोरी छोरीको पढाईका कारण परिवारलाई पोखरामा राखेको जनाए ।आफु शिक्षाबाट बिमुख हुनु परेपनि भावी संन्ततीहरु शिक्षाको अवसरबाट बिमुख हुन नपरोस भन्ने उनी चाहन्छन्् ।


परिवार पोखरामा छन्् ,यता धनबहादुर गाउकै स्याउ बगैचार तरकारी खेति मख्ख छन्् ।‘गाउ छोड््न सकिन हजुर ,यहाको खेतवारी र आफुले सिकेको पेशाले अड््कायो ,’उनले भने,‘मेहनत गरे बिदेशीनु पर्दैन ,गाउमै आउछ रुपैया ।’धनबहादुरले तरकारी उत्पादन गरेर वार्षिक ६ लाख आम्दानी गर्छन्् भने,स्याउ बिक्री गरेर १५ लाख कमाउछन्् ।

जिवनको उत्तरार्धमा पनि गाउमा एक्लै बसेका धनबहादुरले गाउले अरु किसानलाई पनि तरकारी खेति गर्न प्रोत्साहन गर्ने गरेको सुनाए ।लगानी नभएकालाई बिना व्याजमा पैसा उपलब्ध गराउने देखि काम सिकाउने सबै सहयोगी मात्रको रुपमा लागेका छन्् उनी ।‘अघिपछि खेती काम एक्लै गर्दै आएको छु ।काम प¥यो भने छिमेकीहरुले सहयोग गर्न आउछन्् ।उनीहरुलाई चलेको ज्याला दिन्छु ।’उनले भने ।


उनले पछिल्लो समय मुस्ताङमा तरकारी खेतिको भविष्य राम्रो रहेको बताए ।तरकारी खेतिलाई गाउँकै बृहत योजना बनाएर अघि बढाउने सोच लिएको धनबहादुर पैसा कमाउनका लागि बिदेश जाने र जागिर खाने मान्यता त्याग्न स्थानीय यूवाहरुलाई सुझाए ।