राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपालमा निरन्तर हिन्दू धर्ममाथि प्रहार भइरहेको बताएका छन् । उनले योजनावद्ध रुपमा धर्म परिवर्तन गराइउको दाबी गरे । अध्यक्ष थापाले हालसम्म १२ लाख जनाको धर्म परिवर्तन गराउने काम भएको बताए ।
केही दिनअघि नेपालमा भएको धर्म प्रचारक संस्था युनिभर्सल पिस फेडेरेसनमा सरकारको तामझामपूर्ण उपस्थितिप्रति उनले आपत्ति जनाए । ‘सरकारका प्रधानमन्त्री नै सहभागी हुनु संविधानको भावना विपरीत हो । अल्पसंख्यकलाई रिझाउने नाममा सरकारले बहुसंख्यकलाई आघात पु¥याएको छ,’ थापाले भने ।
थापाले ढिलोचाँडो नेपाली कांग्रेस हिन्दु राष्ट्रको पक्षमा आउने दाबी गरेका छन् । कांग्रेस हिन्दु राज्यको पक्षमा आए सहकार्य हुन सक्ने उनको भनाइ छ ।
पूर्वराजा ज्ञानेन्द्र पोखरा आउँदा उनलाई स्वागत गर्न आएको भीडले राजसंस्थाप्रति अझै पनि जनतामा आस्था र विश्वास छ भन्ने देखाएको बताए । अध्यक्ष थापाले पूर्वसहमति अनुसार आए ३ राप्रपाबीच एकीकरण हुने बताएका छन् । राप्रपा नेपाल अहिले पनि लोकतान्त्रिक राजसंस्थाको पक्षमा रहेको थापाको भनाइ छ ।