श्रीमती बलात्कार अभियोगमा पक्राउ

ताप्लेजुङमा २० वर्षिय श्रीमतीलाई करणी गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् । जिल्लाको श्रीजंघा गाउँपालिका वडा नं ४ तेल्लोक वस्ने २४ वर्षिय एक पुरुषलाई प्रहरीले पक्राउ गरेको हो ।

गत असोज ८ गते आफ्नै २० वर्षिय श्रीमतीमाथी करणी गरेको ति पुरुषमाथी आरोप छ ।

उनलाई ईलाका प्रहरी कार्यालय दोभानवाट खटिएको प्रहरीको टोलीले बुधवार आठराई त्रिवेणी गाउँपालिकाको चाँगेवाट पक्राउ गरेको प्रहरी निरिक्षक हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए । ती पुरुषलाई अनुसन्धान प्रयोजनका लागि पक्राउ गरिएको प्रहरीको भनाई छ ।

उनी विरुद्ध अदालतबाट म्याद थप गरि कानुनी कारवाही अगाडी बढाइएको छ ।