दीपक मनाङ्गे धरौटीमा छुटे

सर्वोच्च अदालतको आदेशले दीपक मनाङ्गे भन्ने राजीव गुरुङ थुनामुक्त भएका छन् । सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएपछि उनलाई डिल्लीबजार कारागारले वहिीबार नै थुनामुक्त गरेको छ ।

प्रदेशसभा निर्वाचनमा मनाङबाट स्वतन्त्र तफृबाट विजयीसमेत भएका मनाङ्गे ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा डिल्लीबजार कारागारमा कैद सजाय भुक्तान गरिरहेका थिए ।

उनलाई गत ७ वैशाखमा प्रहरीले पक्राउ गरि जेल पठाएको थियो ।  उनी प्रहरीको आँखा छल्दै बस्दै आएका थिए ।

मनाङ्गेले पुनरावेदन अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दर्ता गराई धरौटी रकम बुझाइ सर्वोच्चले मुलुकी ऐन २०२० को अदालती बन्दोबस्तको महलको १९४ बमोजिम तारेखमा छाड्न कारागारलाई आदेश दिएको प्ररहीले बताएको छ ।

गुरुङले सर्वोच्च अदालतमा २७ हजार ३ सय ७५ रुपैयाँ धरौटी बुझाएर मुद्दा पुनरावलोकनको निवेदन दिएको बताइएको छ । 


दीपक मनाङ्गेको समूहले ०६१ सालमा अर्का डन मिलन चक्रे भनिने मिलन गुरुङलाई तरबार होनेको थियो । प्रहरीले मनाङ्गे समूहविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गर्‍यो तर, जिल्ला अदालत काठमाडौंले कर्तव्य ज्यान नभई कुटपिट भएको ठहर गर्दै मनाङ्गेलाई २ वर्ष जेल सजाय सुनायो भने गणेश लामा, रेवत कार्की, रमेश सुनुवार र उमेश लामालाई सफाइ दिएकाे थियाे ।