विभागीय डर्बीमा शसस्त्रमाथि पुलिसको जित

त्रिभुवन आर्मी क्लब पोखरामा जारी चौथो आरबिबि एनभिए राष्ट्रिय पुरुष लिग भलिबल प्रतियोगिताको शीर्षस्थानमा उक्लिएको छ । आर्मी विरुद्धको खेल हेल्प नेपाल अनुपस्थिति भएपछि स्वतह तीन अंक पाउँदै आर्मीले शीर्षस्थानमा फेरी उक्लियो ।

शसस्त्र प्रहरी विरुद्धको चौथो दिनको खेलमा भारतीय नयाँ खेलाडीसहित कोर्ट प्रवेश गरेपछि शसस्त्रले परिचयपत्र माग गरेपछि उत्पन्न विवादकै कारण हेल्प नेपाल पाँचौदिन बिहीबार नेपाल सेनाको त्रिभुवन आर्मीक्लब विरुद्धको खेलमा उपस्थिति जनाएन् । शसस्त्र विरुद्धको खेलमा हेल्प नेपालले विवादकै कारण कोर्ट छाडेर हिडेपछि वाक ओभरको घोषणा गरिएको थियो ।

खेलाडीको बास्तविक नाम र प्रतियोगितामा आयोजकलाई उपलब्ध गराएको नाम बेमेल भएपछि विवाद सृजना भएको थियो । नेपाल भलिबल संघले पुरानै तीन भारतीय खेलाडीलाई समावेश गराई प्रतियोगिता खेल्न आग्रह गरेपनि नआएको प्रचारप्रसार संयोजक राजकुमार गुरुङले बताए ।

‘पुरानै खेलाडी खेलाउने गरी सहमतिको प्रयास गर्यौं । तर हेल्प नेपाल त्यसप्रति सहमत हुन सकेन् । आर्मी विरुद्धको खेलमा उपस्थिति जनाउनुभएन् ।’ संयोजक गुरुङको भनाई थियो । हेल्प नेपालको अनुपस्थितिमा आर्मीलाई ३ अंक प्रदान गरियो ।

शसस्त्र प्रहरी बलको एपीएफ क्लब विभागीय डर्बी खेलमा नेपाल पुलिस क्लबसँग पराजित हुन पुगेको छ । शसस्त्र प्रहरीलाई पराजित गर्दै नेपाल पुलिस क्लबले अंक तालिकामा १३ अंक जोड्दै तेस्रो स्थानमा छ । शसस्त्र प्रहरीबलको १४ अंकसहित दोस्रोमा रहदाँ त्रिभुवन आर्मीको १५ अंकसहित शीर्षस्थान छ ।

पहिलो र दोस्रो सेट सहजै पुलिसले आफनो पक्षमा पार्दै दबावमा राख्यो । तर तेस्रो सेटमा भने शसस्त्रले आफनो पोल्टामा पार्दै लयमा फर्किने सम्भावना देखायो । तर चौथो सेट पनि सहजै पराजित भएपछि तीन अंकको पुलिसको खातामा चढ्यो । २५–१७,२५–२१, २४–२६ र चौथो सेट २५–१७ ले जित्दै पुलिसले फाईनल खेल्ने सम्भावनालाई जिवितै राख्यो ।

प्रतियोगिताको पाँचौ दिन बिहीबार ढोरपाटन स्पोर्टस क्लबले पहिलो जित दर्ता गर्ने क्रममा जावलाखेल भलिबल टे«निङ सेन्टरलाई पराजित गर्दै तीन अंक जोड्यो । ढोरपाटनले जावलाखेल माथि २५–१७, १८–२५, २५–१८ र २५–१८ को सेटमा पराजित गरेको थियो ।

यसैगरी नयाँबजार सामाजिक युवा क्लबले एक घण्टा मात्रै विश्राम गरेको ढोरपाटनलाई सोझो सेटमा पराजित गर्दै अंक तालिकाको खातामा ३ अंक जोड्यो । यो सँगै नयाबजार ९ अंक छ । आफनो छैटौं खेल खेल्ने क्रममा नयाबजारले ढोरपाटनमाथि सोझो सेटले पराजित गर्ने क्रममा २५–२२, २५–१८ र २५–१८ स्कोर निकाल्यो । अब नयाँबजारले अन्तिम खेल भने त्रिभुवन आर्मी क्लबसँग खेल्ने छ ।

मणिमुकुन्द भलिबल क्लब रुपन्देहीले दोस्रो जित निकाल्दै अंक तालिकामा ८ अंक जोडेको छ । बिहीबार पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रको कोर्टमा जावलाखेल विरुद्दको खेल जित्दै ८ अंक पुर्याएको हो । जावलाखेलमाथि सोझो सेटमा जित निकाल्ने क्रममा २५–१४, २५–१२ २५–२० स्कोर रह्यो । file photo

source : kheladinews.com