फर्निचर तथा फर्निसिङको साधारणसभा पोखरामा

नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघको चौथो साधारणसभा पोखरामा हुने भएको छ । पुस ७ गते विरौटा स्थित पोखरा ग्राण्ड होटलमा साधारण सभा हुने महासंघले जनाएको छ ।


सभामा देशभरबाट उद्योगी व्यवसायीहरुको सहभागिता रहने आज आयोजित पत्रकार सम्मेलनमा महासंघका महासचिव कविन्द्र जोशीले बताए। ‘पोखरामा हुनेचौथो साधारण सभालाई लिएर हामी अत्यन्तै उत्साहित छौं’, जोशीले भने, ‘यस सभाले विगतमा महासंघबाट भएका कार्यहरुलाई समिक्षा गर्दै आगामी दिनका लागि योजनाहरु तयार पार्नेछ ।’


महासंघका अध्यक्ष भूपेन्द्र गिरीले साधारण सभामाउद्योगी व्यवसायीका समस्याको पहिचान गर्दै समाधानका लागि पनि योजना बनाइने जनाए । ‘यस क्षेत्रमा विविध समस्या छन् । ति सबै समस्यालाई छलफल गर्दैै आगामी दिनमा व्यवसायमा सहज हुने तरिकाले निक्र्यौल निकाल्ने छौँ’, उनले सुनाए ।


महासंघ अध्यक्ष भूपेज्द्र गिरीको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव कविन्द्र जोशी, सल्लाहकार युवराज पौडेल र ज्ञानबहादुर नेपाली, कोषाध्यक्ष ओम दाहाल, सहकोषध्यक्ष खगेन्द्र केसी, केन्द्रिय सदस्य श्याम मल्ल, फर्निचर तथा फर्निसिङ व्यवसायी संघ कास्की अध्यक्ष हिरामणी पण्डीत लगायतको सहभागिता थियो ।