कास्की जिल्ला वुद्धिचाल संघ कास्कीको आयोजनाम बिहीवारदेखि दशौ खुल्ला वुद्धिचाल प्रतियोगिता शुरु भएको छ ।
पोखरा २५ हेमजा स्थित रिभरडेल रेष्टुरेण्ट याम्दीमा भएको उक्त प्रतियोगिता शुक्रबार सम्म चल्नेछ । प्रतियोगितामा ३२ जनाको सहभागिता छ ।
प्रतियोगितामा प्रथम हुनेले १२ हजार, द्धितीयले ९ हजार, तृतीयले ६ हजार, चतुर्थले ३ हजार पाँचौले २ हजार र छैटौ देखि दशौं सम्मकाले १÷१ हजार पाउने कास्की जिल्ला वुद्धिचाल संघका अध्यक्ष कर्ण गुरुङले जानकारी दिए ।
उनका अनुसार प्रथम द्धितीय तृतीयले ट्रफी मेडल र प्रमाण पत्र, चौथा देखि दशौं सम्मका विजेताले मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।
प्रतियोगिताको उद्घाटन गर्दै पोखरा महानगर पालिका वडा नं. २५ का वडा अध्यक्ष शोभाकर तिमिल्सिनाले बौद्धिक क्षमताको विकास गर्न यो प्रतियोगिता उपयुक्त भएको बताए ।
कार्यक्रममा वृद्धिचाल खेलाडी कास्की जिल्ला बुद्धिचाल संघका द्धितीय उपाध्यक्ष शुक्रकुमार प्रधानलाई दोसल्ला ओढाइ सम्मान पत्रले सम्मान गरिएको थियो ।
कार्यक्रममा बृद्धिचाल संघका केन्द्रीय सदस्य तथा कास्की जिल्ला बुद्धिचाल संघका निवर्तमान अध्यक्ष वावुराम पन्त, मानइनफ्रेस चेस क्लबका अध्यक्ष युवराज भण्डारीले पनि बोलेका थिए ।
कास्की जिल्ला बुद्धिचाल संघका अध्यक्ष कर्ण गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक तथा प्रथम उपाध्यक्ष महादेव पहारीले स्वागत र सदस्य नविन साहीले कार्यक्रम सञ्चालन गरेका थिए ।