श्रीमानविरुद्ध नै करणी मुद्दा, डेढ वर्ष कैद र १० लाख रुपैयाँ क्षतिपूर्ति

कञ्चनपुर जिल्ला आदालतले श्रीमतीको इच्छा विपरीत करणी गर्ने श्रीमानलाई डेढ वर्ष कैद र १० लाख रुपैयाँ क्षतिपूर्ति दिलाउने फैसला सुनाएको छ ।

गएको कातिक दोस्रो साता भीमदत्त नगरपालिका–२ भाँसीकी मञ्जु जोशीले श्रीमान डम्बरराज जोशीबिरुद्ध हालेको जबरजस्ती करणी मुद्दामा अदालतले फैसला सुनाएको हो ।

जिल्ला न्यायाधीश प्रकाश कुमार अधिकारीको इजलासले श्रीमानलाई डेढ वर्ष थुना र १० लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको अदालतका नायव सुब्बा दानबहादुर सुनारले जानकारी दिएका छन् ।

श्रीमान डम्बरले आफ्नो इच्छा विपरीत यौन सम्पर्क राखेको भन्दै मन्जुले उजुरी दिएपछि अदालतले प्रकाशलाइ पुर्पक्षका थुनामा राख्ने आदेश दिएको थियो । प्रहरीका अनुसार डम्बर र मञ्जुले डेढ वर्षअघि भागेर विवाह गरेका थिए ।