घुससहित सहायक वन अधिकृत ठाकुर पक्राउ,

 सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ परेका भिडिजन वन कार्यालय म्याग्दीका सहायक वन अधिकृत राजकुमार ठाकुरमाथि अख्तियारी दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान जारी राखेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज (बिहीबार) एक प्रेस विज्ञप्ती जारी गर्दै काठ कटानी सम्बन्धी मुद्दा मिलाई दिने भनि सेवाग्राहीसँग ३३ हजार रुपैंयाँ घुस लिएको आरोपमा पक्राउ परेका ठाकुरको मुद्दामा अनुसन्धान चलिरहेको जनाइएको छ ।

सेवाग्राहीको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराको टोलीले आज नियन्त्रणमा लिएका ठाकुरलाई बेनी नगरपालिका–७ स्थित आफ्नै घरबाट नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका ठाकुरमाथि थप अनुसन्धान शुरु भइसकेको अख्तियारका सहसचिव एवम् प्रवक्ता रामेश्वर दंगालले जानकारी दिएका छन् ।