पोखरा छिनेडाँडामा रहेको नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजले शनिबार फुड फेस्ट गर्ने भएको छ । कलेजमा अध्ययनरत बि.एच.एम १७औं व्याचका विद्यार्थीहरुले यो फुड फेस्टको संयोजन गरेको कलेजका प्रिन्सिपल प्रकाश रेग्मीले जानकारी दिए ।
शनिबार दिनभर हुने फेस्टमा विद्यार्थीले बनाएका विभिन्न प्रकारका परिकारको स्वाद लिन सकिने उनले बताए ।
कलेज परिसर छिनेडाँडामा हुने फुड फेस्टको साथमा राष्ट्रिय कलाकार तृष्णा गुरुङको सांगीतिक प्रस्तुति रहनेछ । पोखराका स्थानीय व्याण्ड र विद्यार्थीहरुको समेत सांगीतिक प्रस्तुति रहने कार्यक्रम संयोजक तथा बि.एच.एम. १७औं व्याचका अध्यक्ष तरुण पुनले बताए ।
फुड फेस्टमा लाखे नाँच, तिबेतियन नाँच र विभिन्न संस्कृति झल्कने नाँचहरु समेत समावेश हुने बताइएको छ ।
कार्यक्रमलाई सफल पार्न नेपाल टुरिजम बोर्ड, कंगारु एजुकेशन फाउन्डेशन पोखरा, रारा तयारी चाउचाउ, होटल क्राउन हिमालय लेकसाइड, भक्सवागन कार, यामाहा मोटरसाइकल, कान्तिपुर होटल तालिम केन्द्र, सफल मिडिया हाउस नयाँबजार लगायतले सहयोग गरेका छ